शुक्रबार, वैशाख १४, २०८१

सरकार छैन, तर म छु नि

दीर्घराज उपाध्याय २०७८ वैशाख २६ गते १५:१३

हामीले भेन्टिलेटर माग्यौ‌ं,
सरकारले छैन भन्यो,
हामीले आईसियु माग्यौं
सरकारले संभव छैन भन्यो,
हामीले अक्सिजन माग्यौं
सरकारले त्यो त असंभव भन्यो,
हामीले बेड माग्यौं
सरकारले दिन सक्दैनौ भन्यो

मृत्युले भन्यो, म छु नि त,
तिमीहरुको सरकार पो छैन ।

प्रतिक्रिया