शुक्रबार, जेठ ४, २०८१

अन्धकार

किशोर पहाडी २०७८ जेठ १ गते १०:०६

देखिँदैन
सेतो हुँदै गएको
मेरो कपाल,
चर्किँदै गएको भित्ता
आफ्नो घरको,

देखिँदैन
क्यालेन्डर पनि
दिनगन्तीको-
घट्दै गएको ।

न त देखिन्छ
छिमेकीका
आँसुका छिर्काहरू ।

बरु फूलहरू कल्पनामा सजाउन पाइन्छ,
बरु रहरहरू सपनामा दौडाउन पाइन्छ,
रात त्यसैले प्रिय लाग्छ,
आँखा चिम्लेर छामिरहुँ
-निष्पट्ट कालो रात ।

प्रतिक्रिया