खोलामा अपरिचित पुरुषको शव भेटियो

नेपालखोज २०७८ जेठ २ गते १३:४४


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ मा रहेको बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।

खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेको अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढी औँलामा र चोरी औँँलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शव परीक्षणका लागि काठमाडाैं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताए ।

घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान सुरू गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप कुरा भन्न सकिने बताए ।

प्रतिक्रिया