सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु
नेपालखोज
२०७८ जेठ ५ गते १४:३४

नवलपरासी । नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षका अविनाश रायको बुटवलको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे हाे ।
गम्भीर घाइते उनलाई अस्पताल पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै प्रहरीको गोली लागेर ३० वर्षका विनोद राय घाइते भएका छन् । सीमा बन्द भएको बेलामा पनि भारतबाट आउँदै गरेका ३ जना युवालाई रोक्न खोजेको र अटेरी गरेकाले गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । घटनापछि सीमावर्ती गाउँ नेपाल भारत दुवैतर्फ तनाव बढेको छ ।
सम्बन्धित

प्रतिक्रिया