नेपाल प्रहरीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, ५ सय संक्रमित
नेपालखोज
२०७८ जेठ ६ गते १५:०४

काठमाडौं । बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएसँगै नेपाल प्रहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बुधबार पहिलो चरणको संक्रमणबाट ६ जना र दोस्रो चरणको संक्रमणबाट ३ जना गरी ९ जनाको मृत्यु भएको छ ।
त्यस्तै दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाकै छन् ।
अहिले ३५० संक्रिय संक्रमित छन् । १५० भन्दा बढी संक्रमित निको भएका छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण सार्वजनिक गरिएको छैन् ।
सम्बन्धित

प्रतिक्रिया