माधव नेपालले भने-‘प्रतिगमन भाग २ भयो’

नेपालखोज २०७८ जेठ ८ गते १०:४६

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिगमन दोहोरिएको बताएका छन् ।

सरकारले पुनः संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले केपी ओलीको यो कदमको भर्त्सना गर्दै डटेर प्रतिवाद गर्न सबैलाई आह्वानसमेत गरेका छन् ।

‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष् जालझेल हो, यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ उनले लेखेका छन् ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो ।’

प्रतिक्रिया