पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग
नेपालखोज
२०७८ जेठ ८ गते २३:००

काठमाडौं । कोरोना महामारीको दोस्रो भेरियन्टका कारण जनजीवन निकै प्रभावित बनिरहेको जनाउँदै सरकारबाट यथाशीघ्र खोप व्यवस्थापन गरेर नागरिकको जिउ ज्यान बचाउन पोखरा पर्यटन परिषद्ले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
परिषद्ले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न परिषद्को माग छ ।
परिषद्ले महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालीन असर प्रभाव पारेको जनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यथासक्य छिटो पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप लगाउने व्यवस्था मिलाउन पनि सरकार समक्ष आग्रह गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया