लुम्बिनी प्रदेश सभाको पहिलो बैठक: अध्यादेशबाट बजेट ल्याए मान्य नहुने विपक्षी दलको चेतावनी

नेपालखोज २०७८ जेठ १९ गते १५:१०

काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेशसभा पहिलो बैठक भर्खरै सकिएको छ । आजबाट सुरु भएको वर्षे अधिवेशनको पहिलो बैठक दलिय धारणा राखेर सकिएको हो । आजको बैठकमा विपक्षी दलका सांसदहरुले प्रदेश सरकारको आलोचना गरेका छन् ।

दाङ क्षेत्रनम्बर १ (क) का प्रदेश सभा सदस्य इन्द्रजीत थारुले अध्यादेशबाट बजेट ल्याउने संघिय सरकारले जस्तै प्रदेश सरकार चल्न खोजे मान्य नहुने चेतावनी दिएका छन् ।

सत्तापक्षका प्रदेश सभा सदस्य लीला गिरीले विपक्षी सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा लामै राजनीतिक इतिहास प्रस्तुत गरेका छन् । त्यसक्रममा उनले विरोधका लागि विरोध नगर्न र विधि विधान मानेर अघि वढ्न तयार हुन विपक्षी दललाई आग्रह गरे। त्यसैगरी सभामूखलाई आफ्नो भूमिका सहि ढङ्गले निर्वाह गर्न पनि उनले सुझाए ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा आज पहिलो दिन बैठक शुरू गरी दलीय धारणा राख्ने सहमति भएको थियो । अब दोस्रो बैठक भोली दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया