HarmonyOS 2 द्वारा सञ्चालित नयाँ उत्पादनहरू सार्वजनिक
हुवावेले आज नयाँ HarmonyOS 2 अपरेटिंग सिस्टमद्वारा संचालित स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेटहरूको उद्घाटन गरेको छ । जसमा HUAWEI Mate 40 Series / HUAWEI Mate X2, HUAWEI WATCH 3 Series / HUAWEI MatePad Pro को नयाँ संस्करण समावेश छ ।

आजको कार्यक्रममा हुवावेलेHUAWEI FreeBuds 4, यसको नेक्स्ट–जेनेरेसन ओपन–फिट एक्टिभ नोइज क्यान्सिलेसन (ANC) वायरलेस ब्लुटुथ इयरबड र दुई हाई–एन्ड मोनिटर, HUAWEI MateView / HUAWEI MateView GT पनि सार्वजनिक गरेको छ । कम्पनीले सो अवसरमा करीव १०० अन्य हुवावेउपकरणहरूको घोषणा गरेको थियो – दुबै स्मार्टफोन र ट्याब्लेटहरू – HarmonyOS 2 मा चलाउन अपग्रेड गरिनेछ, उपभोक्ताहरूलाई सबै प्रकारका परिदृश्यहरूमा सिमलेस इन्टेलिजेन्ट अनुभवको पहुँच विभिन्न उपकरणहरूमा हुनेछ ।
हाम्रो जीवनमा पहिले भन्दा बढि स्मार्ट उपकरणहरू छन् तर उनीहरूले प्रदान गर्ने अनुभव प्रायः त्यति स्मार्ट हुँदैन । पृथक प्रणालीहरूले इन्टरकनेक्टिभिटि र कार्यहरू जटिल बनाउँछन् जसले अन्ततः एक खंडित प्रयोगकर्ता अनुभव तिर लैजान्छ ।

यो समस्या समाधान गर्न HarmonyOS डिजाइन गरिएको हो । स्मार्ट उपकरणहरूको लागि नेक्स्ट–जेनेरेसन अपरेटिंग सिस्टमको रूपमा HarmonyOS ले विभिन्न प्रकारका उपकरणहरूको लागि जडान र सहकार्यको लागि साझा भाषा प्रदान गर्दछ, प्रयोगकर्ताहरूलाई थप सुविधाजनक, सहज र सुरक्षित अनुभव प्रदान गर्दछ । यसले एकल प्रणालीको साथ सबै प्रकारका बिभिन्न उपकरणहरूको विविध आवश्यकताहरू पूरा गन आवश्यकता अनुसार फ्लेक्जिबल डिप्लोयमेन्ट सक्षम बनाएर वितरित प्रविधि प्रयोग गर्दछ ।
HarmonyOS ले पहिले स्वतन्त्र रहेका उपकरणहरूलाई संयोजन र समग्र सुपर डिभाइसमा जोड्छ जसले सबै हार्डवेयर र श्रोतहरूलाई स्वतन्त्र रूपमा प्रयोगकर्ताको रियल–टाईम आवश्यकताको आधारमा यसको कम्पोनेन्ट उपकरणको क्षमताको लाभ उठाउन एकीकृत गर्दछ । डेभ्लपरहरूको लागि HarmonyOS ले क्रस–प्लेटफर्म विकास र एप्सको क्रस–उपकरण तैनातीलाई अनुमति दिन्छ, उपकरणहरूको बीच अनुप्रयोगहरूको विकास पहिले भन्दा सजिलो बनाउँदछ ।
HUAWEI WATCH 3 सिरिजः तपाईंको स्मार्टफोन जत्तिकै शक्तिशाली एक स्वतन्त्र स्मार्ट सहायक
हुवावेको ब्रान्ड–न्यू फ्लागसिप स्मार्ट वाच, HUAWEI WATCH 3 सिरिजले तपाईको हातको फेशनलाई पुनः परिभाषित गर्दछ । कर्भ गिलास स्क्रिन र ३१६ी स्टेनलेस स्टील केस भएको यो स्टाइलिश वाचमा ब्राण्ड–न्यू 3D रोटेटिंग क्राउन आउँदछ जसले विभिन्न स्तरको प्रेसर महसुस गर्न सक्दछ र प्रयोगकर्ताको इनपुटमा हप्टिक प्रतिक्रिया प्रदान गर्दछ जसले वाचलाई लगाउन र सञ्चालन गर्न सहज बनाउँदछ ।
HUAWEI WATCH 3 सिरिजले तपाईले फोन कल गर्न र प्राप्त गर्न सक्नु हुन्छ र तपाईंको त्यही फोन नम्बरको डाटा प्लानको प्रयोगले संगीत सुन्न सक्नु हुन्छ ।
HUAWEI WATCH 3 सिरिज HarmonyOS 2 मा चल्दछ जसले यससंग एकीकृत रुपमा हुवावे स्मार्टफोनको साथ धेरै फङ्गशन भएको ट्राभल सहायक जसरी सेवा गर्न सशक्त बनाउँदछ । कार्यक्षमता तपाईंको स्मार्टफोनबाट सीधा तपाईंको हातमा बग्दछ, सबै राईड–हेलिंग र फ्लाईट जानकारी एक चोटी मै उपलब्ध बनाउँदछ । एयरपोर्टबाट घरतर्फ लाग्दा यदि तपाईं सार्वजनिक ट्रान्जिट लिदै हुनुहुन्छ भने तपाईंको वाच र तपाईंको फोन दुबैले तपाईंलाई तपाईको गन्तव्य नजिकिँदै गरेको सम्झाउने छ । तपाईले फेरि कहिले पनि आफ्नो स्टप छुट्ला भनेर चिन्ता लिनु पर्दैन ।
HUAWEI WATCH 3 सिरिज पनि एक प्रोफेशनल फिटनेस र स्वास्थ्य प्रबन्धकको रूपमा सेवा प्रदान गर्दछ जसले १०० भन्दा बढी कसरत मोड समर्थन गर्दछ । एक विस्तृत श्रृंखलाको स्वास्थ्य सेवा समर्थन विकल्पहरू बाहेक वाचले नयाँ हाई–प्रिसिजन तापमान सेन्सरको साथ छालाको तापक्रमको पनि निगरानी गर्न सक्दछ । यसले गिरावट पत्ता लगाउने र क्इक् फङ्गशनहरू पनि समर्थन गर्दछ त्यसैले प्रयोगकर्ताहरूले वास्तविक समयमा उनीहरूको स्वास्थ्यको निरीक्षण गर्न र व्यवस्थापन गर्न सक्दछ ।
HUAWEI WATCH 3 Pro ले अल्ट्रा–लंग ब्याट्री लाइफ सुविधा प्रदान गर्दछ जुन स्मार्ट मोडमा पाँच दिनसम्म र २१ दिनसम्म अल्ट्रा–लंग ब्याट्री लाइफ मोडमा रहन्छ । HUAWEI WATCH 3, यसको बदलामा, स्मार्ट मोडमा तीन दिन र अल्ट्रा–लंग ब्याट्री लाइफ मोडमा १४ दिन हुन्छ ।

HUAWEI MatePad Pro : उत्पादनको एक नयाँ हब जसले अधिक रचनाको लागि सीमालाई तोड्दछ
नयाँ HUAWEI MatePad Pro मा ९० प्रतिशत स्क्रीन–टु–बडी रेसियो भएको एक सुन्दर १२.६–इन्चOLED FullView डिस्प्ले छ जुन अहिले बजारमा उपलब्ध सबै ट्याब्लेटहरु मध्ये उच्च हो । प्रत्येक डिस्प्ले ०.५ भन्दा कमका] ΔE कलर डिफरेन्सका साथ आउँछ जसले प्रोफेशनल मोनिटर जतिको अत्यन्तै हाई कलर एक्युरेसी, क्रिस्प, कलर–एक्युरेट पिक्चर प्रस्तुत गर्दछ । HUAWEI MatePad प्रो मा १,०००,०००ः१ को अल्ट्रा–हाई कन्ट्रास्ट रेसियो पनि छ र यसले DCI-P3 कलर गमूटलाई समर्थन गर्दछ ।
किरीन ९००० सिरिज चिपसेटले सुसज्जित HUAWEI MatePad Pro ले अविश्वसनीय स्तरको कार्य प्रर्दशन गर्दछ । HarmonyOS को वितरित डाटा व्यवस्थापन र कार्य अनुसूची क्षमताहरूद्वारा समर्थन प्राप्त ट्याब्लेटले तपाईंको उत्पादन र सिर्जनात्मक परिदृश्यहरूलाई डबल गर्न स्मार्टफोन र PCs संग मिलेर काम गर्न सक्दछ, तपाईं अफिसमा होस् वा ड्रइंग बोर्डमा ।
HUAWEI MatePad Pro ले PCs को बहु–स्क्रीन कोलाबोरेसनलाई समर्थन गर्दछ । ट्याब्लेट मिरर मोडमा ड्रइंग बोर्ड र एक्सटेन्ड मोडमा मोनिटर बन्न सक्दछ । यसले अधिक कुशल र मद्दत मिल्ने बहु–उपकरण अनुभव प्रदान गर्दै क्रस–डिभाईस फाईल ड्र्यागिङ र ड्रपलाई समर्थन गर्दछ ।
सेकेन्ड–जेनेरेसन HUAWEI M-Pencil संगै HUAWEI MatePad Pro अनावरण गरिएको थियो । नयाँ स्मार्ट कलममा हाई–प्रीसिजन हस्तलेखन र अल्ट्रा–लो लाटेन्सीका लागि नयाँ प्लैटिनम–कोटेड निबको सुविधा छ, ४,०९६ फोर्सको सहि प्रकारले भिन्न गर्दछ । HUAWEI M-Pencil ले FreeScript समर्थन गर्दछ जसले कुनै पनि इनपुट बक्समा हस्तलेखनलाई रीयल टाईममा डिजिटल टेक्स्टमा रूपान्तरण गर्दछ । थप रूपमा, इन्टेलिजेन्ट अन्तरक्रियाहरू जस्तै स्विच गर्न डबल–ट्याप, तत्काल आकार र तत्काल तालिका हस्तलेखन इनपुटलाई अधिक निर्बाध र प्राकृतिक बनाउँदछ ।
पूर्ण रूपमा नयाँ अन्तरक्रियात्मक अनुभवः प्रयोग गर्न सजिलो र पहिलेभन्दा स्मार्ट
HarmonyOS सँग बहु–उपकरण अन्तरक्रियाले धेरै उपकरणहरूसंगको कार्यलाई सरल तरिकाले नियन्त्रण गर्दछ । नयाँ कन्ट्रोल प्यानलले ड्र्याग–एन्ड–इन्टिग्रेट विषेशताको माध्यमबाट सरल र सहज कनेक्शनहरू समर्थन गर्दछ जसले प्रयोगकर्ताहरूलाई विशेष परिदृश्यहरूमा आधारित उपकरणहरू स्वतन्त्र रूपमा कनेक्ट गर्न दिन्छ ।
उदाहरणको लागि, यदि तपाईं राती अबेर घरमा चलचित्र हेर्न चाहनु हुन्छ भने तपाईंले गर्नुपर्ने भनेको कन्ट्रोल प्यानल खोल्नु पर्छ र स्मार्ट स्क्रिन आइकनलाई तपाईंको फोन आइकनमा तान्नु पर्छ र फिल्म तपाईंको फोनबाट सीधै टिभिमा आउँछ । यदि HUAWEI FreeBuds 4 लगाई रहनु भएको छ भने तपाईं फोन आइकनमा इयरफोन आईकन तान्न सक्नु हुनेछ, तपाईंको FreeBuds मार्फत आवाज आउँदै गर्दा फिल्म चल्ने छ । यो सुपर उपकरण अनुभवको एक उदाहरण हो ।
HarmonyOS 2 को नयाँ टास्क सेन्टरले इच्छा अनुसार फरक फरक उपकरणहरू बीच जान अनुमति दिन्छ, ताकि सबै कार्य र सेवाहरू जहिले र जहाँपनि उपलब्ध हुनेछ । सुपर उपकरण प्रणालीको हिस्सा रहेको कुनै पनि उपकरणमा तपाईं अन्य उपकरणहरूमा काम भइरहेको देख्न सक्नु हुनेछ । यदि तपाईं मोबाइल गेमिंगको लागि ठूलो डिस्प्ले चाहानु हुन्छ भने तपाईं केवल स्वाइप गर्न सक्नु हुन्छ र ओभरभ्यू स्क्रिन ल्याउन होभर गर्न सक्नु हुन्छ र HUAWEI MatePad Pro मा गेम सारेर रमाइलो गर्न सक्नु हुन्छ ।
नयाँ HarmonyOS होम स्क्रीन पहिलेभन्दा धेरै सुव्यवस्थित र संगठित छ । तपाइले सेवा विजेट सिर्जना गर्न एपमा स्वाइप गर्न सक्नु हुन्छ जसले बिना एप खोली रीयल–टाईम, ईजी–टु–एक्सेस जानकारी वा सेवाहरू प्रदर्शन गर्न सक्दछ । तपाईंले सेवा विजेटको आकार मिलाउन सक्नु हुन्छ, ट्याप र स्वाइप अप गरी विडजेट विजेट डिस्प्ले गर्न सक्नु हुन्छ र होम स्क्रिनमा कुनै खाली ठाँउमा ट्याप गरी तिनीहरु हाईड पनि गर्न सक्नु हुन्छ ।
सेवा विजेटहरू अटोमिक सेवाहरू प्रयोग गर्न पनि प्रयोगमा ल्याउन सकिन्छ जुन सजिलै सेवा केन्द्रमा कल र सेयर गर्न सकिन्छ बिना डाउनलोड वा इन्स्टल गरी, जस कारण समाचार एकत्रीकरण जस्ता कार्यहरू गर्न सजिलो र अधिक सुविधाजनक बन्दछ ।
लुक–एन्ड–फिल को मामलामा, इनोभेटिभ अन्तरक्रियाको सुन्दरता सौंदर्य विवरणमा निहित छः विशेष गरी डिजाइन HarmonyOS सान्स फन्ट र प्राकृतिक गुरुत्वाकर्षण एनिमेसन सबै HarmonyOS उपकरणहरुमा एकै खाले उपयोगकर्ता अनुभव प्रदान गर्दछ ।
Non-Huawei उपकरणहरु धेरै भन्दा धेरै सुसज्जित गर्न HUAWEI HiLink लाई HarmonyOS Connect मा अपग्रेड गरिएको हो । स्मार्ट होम उपकरणहरू एकल ट्यापको साथ तपाईको मोबाईल फोनमा कनेक्ट गर्न सकिन्छ । HarmonyOS Connect लाई समर्थन गर्ने Midea oven मा आफ्नो फोन ट्याप गरी रेसिपि छनौट गर्नुस् र तुरून्तै खाना तयार बनाउनु होस् ।
हाइर (Haier) रेफ्रिजरेटरमा तपाई बचेकुचेको खाना लामो समयसम्म सुरक्षित राख्न सक्नु हुन्छ किनकि यसले खाद्यानको प्रकारको आधारमा तापक्रम समायोजित गर्दछ । र जोयोंग सोयमिल्क मशीनबाट आफ्नो शरीरको लागि सही सोयमिल्क पाउनु होस् जसले तपाइँको स्वास्थ्य एपमा रहेको डाटाको आधारमा तपाईलाई रेसिपि सिफारिस गर्दछ । सँगै काम गर्दा यी कनेक्सनहरूले तपाईंको भान्छालाई व्यक्तिगत स्वास्थ्य कोचमा बदल्न सक्छ ।


प्रतिक्रिया