आइतबार, जेठ १२, २०८२

अक्सिजन कन्सन्ट्रेटर प्रदान

नेपालखोज २०७८ जेठ २२ गते १७:२६


काठमाडौं । जोय फाउन्डेशन नेपालले देशका विभिन्न जिल्लाका स्वास्थ्यसंस्थामा अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । फाउन्डेसनले मिलारेपा मेडिटेशन सेन्टर साँखु, ताइवान एल आइ एम च्यारिटेवल फाउन्डेसन र ताइवान एल आइ एम बुद्धिष्ट सोसाइटी सँगको सहकार्यमा देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा १०० वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको हो ।

नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, कास्की, काठमाडौं, बर्दिया, गण्डकी, साँखु, ललितपुर, बाग्लुङ, भक्तपुर र मकवानपुरका अक्सिजन अभाव भएका विभिन्न स्वास्थ्यसंस्थाहरुमा कन्सनट्रेटर दिइएको जोय फाउन्डेशन नेपालका अध्यक्ष राजु श्रेष्ठले बताए । स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर पुर्याउन लागिएको उनले जानकारी दिए ।


अध्यक्ष श्रेष्ठले अक्सिजन कन्सनट्रेटरले गाउँका स्वास्थ्यसंस्थामा भएको अक्सिजनको अभावलाई थोरै भएपनि परिपूर्ति गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया