आइतबार, वैशाख १४, २०८२

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन गर्न माग

नेपालखोज २०७८ जेठ २६ गते ९:२८

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष यस्तो माग गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले मन्त्री पौडेललाई ज्ञापनपत्र बुुझाउँदै उक्त कार्यक्रमका लागि कार्यविधि बनाउन सुुझाएका छन् ।
यो कार्यक्रम कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत ७ बुँदा ज्ञापनपत्रमा समेटिएको छ ।

त्यसक्रममा मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया