शुक्रबार, वैशाख १४, २०८१

नेयमारको कप्तानीमा ब्राजिलको टिम घोषणा

नेपालखोज २०७८ जेठ २७ गते २०:२२

काठमाडौं । कोपा अमेरिका फुटबलका लागि नेयमारको कप्तानीमा ब्राजिलको टिम घोषणा गरिएको छ ।

ब्राजिल फुटबल संघले कोपा अमेरिकाका लागि २४ सदस्यीय ब्राजिल टोलीको कप्तानको जिम्मेवारी नेयमारलाई सुम्पिएको हो । संघले प्रशिक्षक टिटेको प्रस्तावमा नेयमारलाई ब्राजिलको कप्तनमा चयन गरेको हो ।

कोपा अमेरिकाको साबिकको विजेता रहेको ब्राजिलले यसै महिना इक्‍वेडर र पाराग्वेलाई हराएको टोलीलाई नै निरन्तरता दिने भएको छ । ब्राजिलमा तय भएको कोपा अमेरिका कोरोनाको महामारीका कारण त्यहाँका स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया