प्रधानमन्त्री ओलीद्वारा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक आह्वान
नेपालखोज
२०७८ असार २ गते १७:१५

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बाेलाएका हुन् ।
बैठकमा बाढी पहिरोबाट भएको क्षति र विपद् रोकथामको प्रतिकार्य गर्ने विषयमा छलफल हुनेछ । यसैगरी मनसुनबाट हुने क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया