बुधबार, वैशाख २६, २०८१

‘गरिब-धनी सबै वर्गले सेवा लिनसक्ने चेन हस्पिटल खोल्दै छौं’

नेपालखोज २०७८ असार ३ गते ८:००

‘राम्रो नीति आए नेपाललाई इन्टरनेसनल युनिभर्सिटीको हब बनाउन सकिन्छ’

प्रतिनिधिसभाका सांसद एवं लिटिल एन्जल्स स्कुलका सञ्चालक, तथा उद्यमी उमेश श्रेष्ठ चेन अस्पताल बनाउने योजनामा अघि बढिरहेका छन् । यो वर्षको अन्त्यसम्ममा सञ्चालन गर्ने गरी उनले ५० करोड रुपैयाँ लगानीमा अस्पताल बनाउने तयारीमा छन् । उनको योजनाअनुसार गरिब-धनी सबै वर्गले सेवा लिनसक्ने चेन हस्पिटल खोल्ने तयारी छ । उद्यमी श्रेष्ठले पछिल्लो समय शिक्षासँगै जलविद्युत्, होटेल तथा पर्यटन, कृषिसँगै स्वास्थ्य क्षेत्रमा लगानी बढाएका हुन् । उद्यमी श्रेष्ठसँग कोरोना महामारीबीच प्रत्यक्ष भिडियो कुराकानी सम्भव नभएपछि नेपालखोजका जगत भण्डारीले टेलिफोनमार्फत यिनै विविध विषयमा कुराकानी गरेका छन् ।

हाइलाइट्स :

– अहिलेको समयमा देश परिवारलगायत सबैले समस्या खेपिरहेका छन् ।
– नीति निर्माताहरु एकदमै फ्लेक्जिबल भएर बाँच्ने-बचाउने सिद्धान्तमा अगाडि बढ्नुपर्छ ।
– उद्योग व्यवसायलाई कसरी बचाउने र चलायमान बनाउने भनेर सरकारले गम्भीर भएर सोच्नुपर्छ ।
– मैले पहिला लामो समय शिक्षा क्षेत्रमा काम गरें । सरकारले त्यस क्षेत्रमा राम्रोसँग लगानी गर्न सकेन । त्यसैले म देश निर्माण हुने क्षेत्र कृषि, बैकिङ, हाइड्रोमा लागें ।
– मलाई कोरोना लागेपछि अस्पतालको आवश्यकता रहेको महसुस भयो र विगत केही महिनादेखि अस्पताल खोल्ने अभियानमा छु । चेन हस्पिटल खोल्ने अभियानमा छु । हस्पिटलबाट नाफा नलिने सोचाइ छ ।
– गरिब देखि धनी सबै वर्गले सेवा लिनसक्ने अस्पताल खोल्ने अभियानमा छु ।
– पैसा भनेको हर ठाउँबाट कमाउन सकिन्छ । संसारभर हेर्दा अरु ठाउँबाट कमाएर सेवाका लागि शिक्षा र स्वास्थ्यमा लगानी गरिन्छ । मैले पनि त्यहीअनुरुप सेवा गर्न यो अस्पताल खोल्दै छु ।
– शिक्षा र स्वास्थ्य भनेको राज्यको दायित्व हो । राज्यले राम्रो लगानी गर्‍यो भने प्राइभेट संस्थाको जरुरत नै पर्दैन ।
– नेपालजस्तो सुन्दर देशलाई स्वास्थ्य हब बनाएर धैरै कुरा गर्न सकिन्छ । रोजगार दिनेलगायत काम गर्न सकिन्छ ।
– एकान्तकुनामा हामीले खोल्न लागेको हस्पिटलचाहिँ बुटिक हस्पिटल हो । त्यहाँ एकदमै राम्रो डाक्टरहरुको टिम हुनुहुन्छ । ५० बेडको अस्पताल त्यहाँ हाई लेभल जसले अफोर्ड गर्न सक्छ उहाँहरुका लागि । यो अस्पताल उपचारकै लागि विदेश जानु नपरोस् भन्ने उद्देश्यले खोल्न लागिएको हो ।
– अस्पताल अहिले बन्दै छ । ६ महिनादेखि ९ महिनाभित्रमा सञ्चालनमा आउँछ ।
– मैले संसारभर नै डिमान्ड भएको अहिलेको आवश्यकताअनुसारको टेक्निकल प्रोफेसनल स्कुल कलेजहरु खोल्ने योजनामा छु ।
– हामी २०२८ सालकै कानुनमा छौं अहिलसम्म त्यही कानुनमा परिचालित छौं । नयाँ कानुन बनेपछि हामी सेवामूलक भावनामा युनिभर्सिटी, स्कुल, इन्जिनियरिङदेखि टेक्निकल स्कुल खोल्ने योजनामा छौं ।
– हामीले जुन क्षेत्रमा लगानी गरे पनि अन्त्यमा शिक्षा नै हाम्रो प्राथमिकताकमा आउँछ ।
– हामीजस्तो साना देशले ठूला-ठूला उद्योगमा फोकस गरेर हुन्न । हाइड्रोमा लगानी गर्न सकिन्छ । टुरिजमका लागि भर्जिन ल्यान्ड छ ।
– एउटा राम्रो नीति आयो भने नेपाललाई इन्टरनेसनल युनिभर्सिटीको हब बनाउन सकिन्छ ।
– हाइयर एजुकेसनका लागि नेपालबाट एक लाख विद्यार्थी बाहिर गएका छन् ।
– सरकारले लगानीमैत्री नीति बनाउने हो भने नेपाल १० वर्षमा कायापलट हुन्छ ।
– हामी टेक्नोलोजी फ्रेन्डली भएका कारण अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका छौं ।

प्रतिक्रिया