शनिबार, जेठ ५, २०८१

‘निगममा नेतृत्व लिएर आउने जो कोही पनि यसलाई बिगार्छु भनेर आएकै हुँदैन’

नेपालखोज २०७८ असार ४ गते १५:३२

‘लगानी नभए निगमलाई कसैले पनि सुधार्न सक्दैन’

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल ‘प्रकाश’ कार्यरत छन् । पेसाले चार्टर्ड एकाउन्टेन्ट (सीए) पौडेल निगमको इतिहास बदल्ने जिम्मा आफ्नो काँधमा आएको बताउँछन् । उनी भन्छन्, ‘वायुसेवा निगमको इतिहास बदल्ने जिम्मेवार मेरो काँधमा छ । म त्यसका लागि तयार छु । त्यही बुझेरै म यहाँ आएको हुँ ।’ निगमका महाप्रबन्धक पौडेलसँग नेपालखोजका जगत भण्डारीले विविध विषयमा कुरा गरेका छन् । प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– नेपाल वायुसेवाको निम्ति यो त्यति उपयुक्त समय होइन ।
– कोराना महामारीमा हामी नेपाल सरकारलाई सहयोग गर्ने, अलपत्र नेपालीलाई उद्धार गर्ने, आवश्यक स्वास्थ्य सामग्री ल्याउने काममै व्यस्त छौं ।
– कोरोना महामारीका कारण नेपाल वायुसेवा निगमलाई यो क्षेत्रको उत्कृट वायुसेवा बनाउने हाम्रो योजनामा ठेस लागेको छ ।
– नेपाल वायुसेवा निगमको साख गिरेको अवस्था मान्ने हो भने, त्यस्तो डरलाग्दो अवस्थाबाट साख गिरेको त होइन ।
– नेपाल वायुसेवा निगमको साख गिरेको हो भने यो ‘अल अफ सडेन’ भएको होइन हजारौं मानिसले यो अवस्थामा ल्याएका हुन् ।
– नेपाल वायुसेवा निगमलाई मेरो टिमले ‘अल अफ सडेन’ छोटो समयमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्छौं भन्ने होइन ।
– वायुसेवा निगमको इतिहास बदल्ने जिम्मेवार मेरो काँधमा छ । म त्यसका लागि तयार छु । त्यही बुझेरै म यहाँ आएको हुँ ।
– नेपाल वायुसेवा निगमको वर्तमान टिम, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयलगायत धेरैको समन्वय भएन भने खासै प्रभावकारी काम हुन सक्दैन ।
– नेपाल वायुसेवा निगममा आउने जो कोही पनि यसलाई बिगार्छु भनेर आएकै हुँदैन ।
– मैले नेपाल वायुसेवा निगमको कमजोरी देखेको छु । यहाँ-यहाँ कमजोरी छ भने पत्ता लगाएको छु । यी समस्याहरुको समधान गर्न सकियो भने स्वस्फूर्त रुपमा राम्रो संस्थामा रुपान्तरण हुन सक्छ ।
– नेपाल वायुसेवा निगमलाई राम्रो बनाउन चारवर्षे कार्यकालमा म कठिबद्ध भएर काम गर्नेछु । तर ४ वर्षै कोरोनामा बित्यो भने काम गर्न सकिने अवस्था भने हुन्न ।
– कोरानाको दोस्रो लहर हट्यो टुरिजम इन्डस्ट्री रिभायवलतिर गयो भने र नेपाल सरकारको सदासयता पनि रह्‍यो भने अहिलेको अवस्थामा रहेको वायुसेवा निगम सुधार गर्न मलाई कुनै समस्या हुन्न ।
– नेपाल सरकारको पुँजी लगानी एकदमै कम छ । यसमा लगानी भएन भने मैले मात्र होइन कसैले पनि वायुसेवा निगमलाई सुधार गर्न सक्दैन ।
– वायुसेवा निगमको ऋण करिब ४७/४८ अर्ब छ । यो म आएर लिएको ऋण होइन पहिलादेखिकै हो ।
– वायुसेवा निगम नेपाल सरकारको स्वामित्व रहेको बिजनेस अर्गनाइजेसन हो । बिजनेस हाउसका आफ्नै नम्स र सिद्धान्तहरु हुन्छन् ।
– उच्चतम् प्रतिफलका लागि कर्मचारीलाई चुस्तदुरुस्त राख्न सरकारले निजामती कर्मचारीलाई ह्‌यान्डिल गरे जसरी हामीले गरे कुनै पनि अर्गनाइजेसन माथि जाँदैन ।
– बिजनेस अर्गनाइजेसनमा स्टाफ हेन्डिल गर्ने आफ्नै प्रिन्सिपल हुन्छ । कर्मचारीलाई यो काम यति समयमा गर्नू भनेर तोकिएको हुन्छ । राम्रो काम गरे रिवार्ड दिइन्छ । नगरे फेरि गर्न मौका दिइन्छ । पटकपटक मौका दिँदा नगरेपछि पनिसमेन्ट गरिन्छ । रिवार्ड र पनिसमेन्टको अवस्था नेपाल वायुसेवा निगममा छैन । यो पनि रि-स्टोर हुनुपर्छ यसमा कानुनी व्यवस्था हुनुपर्छ भनेर मैले पहल गरिरहेको छु ।
– रिवार्ड र पनिसमेन्टको अवस्था नभए अहिले हामीसँग भएको कर्मचारी संयन्त्रले उचित प्रतिफल दिन सक्दैन ।

प्रतिक्रिया