बिहीबार, वैशाख १३, २०८१

‘सार्वजनिक प्रशासनको मियो नै निजामती सेवा हो’

नेपालखोज २०७८ माघ २४ गते ९:५५

प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगाको प्रशासनिक नेतृत्व अहिले फाल्गुनन्द गाउँपालिका पाँचथरका दिलकुमार तामाङको काँधमा छ । २०७८ पुस २८ गतेदेखि ओखलढुंगाको प्रशासनिक नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तामाङ कुशल प्रशासकका रूपमा परिचित छन् ।
निजामती सेवा प्रवेश, सरकारी जागिरको अनुभवलगायत विषयमा कुराकानी गर्न प्रजिअ तामाङलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं । निजामती सेवामा १८ वर्ष बिताएका ओखलढुंगाका प्रजिअ तामाङ यसअघि गृह मन्त्रालयमै कार्यरत थिए ।
प्रजिअ तामाङ सरुवालाई कर्मचारीको भौगोलिक अनुभव र योग्यता बढाउने विधि रहेको बताउँछन् । उनले सरुवाकै कारण एउटा कर्मचारी हिमाल, पहाड, तराईको अनुभव लिँदै खारिँदै जाने बताए । ‘सरुवाचाहिँ कर्मचारीको भौगोलिक अनुभवलगायत योग्यता बढाउने विधि हो । एउटा कर्मचारी हिमाल, पहाड, तराईको अनुभव लिँदै खारिँदै जाने हो,’ प्रजिअ तामाङले नेपालखोजसँग भने, ‘भूगोल, संस्कृति रितिरिवाज बुझ्ने विधि हो । सरुवामा हाम्रो अभ्यास अलि अस्थिर देखिन्छ । पछिल्लो समय यस किसिमको समस्या बढेको छ । यसलाई सच्याए निश्चित समय, विनाऔचित्य कारण सरुवा नगर्ने हो भने सेवा प्रवाह थप प्रभावकारी बन्छ ।’
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङसँग हामीले यिनै विविध विषयमा विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ नेपालखोजको ‘प्रजिअसँग शम्भु’को यो ४३औं शृंखला :

हाइलाइट्स :
-सेवाग्राही सेवा लिन आउँदा उहाँहरुको समस्या सहानुभूति र समानुभूतिपूर्वक मनन गर्ने, विश्लेषण गर्ने र मौज्दात नियम कानुन र परिधिभित्र रहेर सेवा उपलब्ध गराउँदा उहाँहरुलाई न्याय परेको सेवा पाएर प्रसन्न भएको महसुस गरेको छु ।
-निजामती सेवा भनेको सार्वजनिक प्रशासनको मियो हो । सार्वजनिक प्रशासन भनेको समग्र राज्य प्रशासनको एउटा राजनीतिक प्रणालीको उप-प्रणाली हो । समग्र राज्य प्रणाली जे छ त्यसको उपप्रणालीमा बसेको चाहिँ सार्वजनिक प्रशासन हो ।
-एकीकृत प्रणालीबाट हामी जसरी संघीयतमा अभ्यास गरिरहेका छौं । यसमा अलिकति परिवर्तन त भएका छन् । संघीय तह, प्रदेश तह र स्थानीय तहमा गरेर तीन सरकार छन् । प्रमुख जिल्ला अधिकारीका रुपमै भन्नुपर्दा तीन तहमा समन्वय गर्नुपर्ने अवस्था छ । समन्वयमा केही कठिनाइहरु पनि छन् ।
-बहु-निकाय, बहुतहका सरकारका निकायहरुबीच समन्वय अलिकति सरकारका अधिकार र जिम्मेवारमा क्लियर अलि नभएको आभाष हुन्छ । केही जटिलतमा छन् ।
-समानुभूतिले आफू सेवाग्राही भएर के-के समस्या छ त्यो महसुस गरियो भने सहजीकरणमा सहयोग पुग्छ । कतिपय सेवा प्रदायकहरुको सेवाग्राही सेवा लिन आउँदा गलत प्रमाण लिएर झुटो विवरण लिएर आएका हुन् भन्ने प्रवृत्ति छ ।
-अध्ययनका क्रममा रोजगारीको माध्ययम पनि आवश्यक पर्छ भनेर लोकसेवाको जाँच दिएपछि निजामती सेवामा प्रवेश भयो । यसमा प्रवेश गरेपछि यो सेवा के हो बुझ्दै गइयो ।
-निजामती सेवाका लागि राजनीतिक तथा व्यवहारिक ज्ञानको संयोजनका साथै सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई फ्युजन गराएर तयारी गर्नुपर्छ ।
-निजामती सेवाको साख घटेर नयाँ पुस्ताको आकर्षण छैन भन्ने विश्लेषण पनि सुन्न सकिन्छ । लोकसेवाको प्रतिस्पर्धामा हेर्ने हो भने इन्जिरियरिङ ब्याक ग्राउड भएका लगायत युर्निभसिटीमा अब्बल भएकाहरु पनि अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरिरहेको भेटिन्छ ।
-सरुवाचाहिँ कर्मचारीको भौगोलिक अनुभवलगायत योग्यता बढाउने विधि हो । एउटा कर्मचारी हिमाल, पहाड, तराईको अनुभव लिँदै खारिँदै जाने हो । भूगोल, संस्कृति रितिरिवाज बुझ्ने विधि हो ।
-हामी काममै फोकस हुनुपर्छ । हामी जिम्मेवार र जवाफदेही भएर सेवालाई सशक्त बनाएर नागरिकको मन जित्न केन्द्रित हुनुपर्छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
म विगत १८ वर्षदेखि निजामती सेवामा छु । प्रमुख जिल्ला अधिकारीका रुपमा यो मेरो चौथो जिम्मेवारी हो । सेवाग्राही सेवा लिन आउँदा उहाँहरुको समस्या सहानुभूति र समानुभूतिपूर्वक मनन गर्ने, विश्लेषण गर्ने र मौज्दात नियम कानुन र परिधिभित्र रहेर सेवा उपलब्ध गराउँदा उहाँहरुलाई न्याय परेको सेवा पाएर प्रसन्न भएको महसुस गरेको छु । जिल्ला प्रशासनको सार्वजनिक सेवा प्रवाहका रुपमा जिल्ला प्रशासनको एउटा बेन्च मार्कसिट सेटअप गर्ने नै हो जस्तो लाग्छ । जिल्ला प्रशासनबाट दिने सेवा मात्र होइन जिल्लाका अन्य सार्वजनिक निकायले दिने सेवालाई समेत मार्गनिर्देश गर्ने, समन्वय गर्ने, अनुगमन गर्ने भएकाले जिल्ला प्रशासनका सेवालाई प्रभावकारी बनाइयो भने अरु निकायले पनि सेवालाई प्रभावकारी रुपमा वितरण गर्न भएको हुनाले मैले सार्वजनिक सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउन र सेवाग्राहीमैत्री बनाउन काम गरेको छु जस्तो लाग्छ ।

कामका दौरान कस्ता-कस्ता दबाब आउँछन् ?
निजामती सेवा भनेको सार्वजनिक प्रशासनको मियो हो । सार्वजनिक प्रशासन भनेको समग्र राज्य प्रशासनको एउटा राजनीतिक प्रणालीको उप-प्रणाली हो । समग्र राज्य प्रणाली जे छ त्यसको उपप्रणालीमा बसेको चाहिँ सार्वजनिक प्रशासन हो । यसको मियोका रुपमा रहेको निजामती सेवामा हामी छौं । हामीले यो प्रणालीमा रहेका समस्या चुनौतीहरु सामाना गर्नैपर्छ । प्रणालीगत रहेका केही चुनौतीहरु सन्दर्भमा कतिपय प्रभाव, दबाब, प्रलोभनका कुराहरु होलान् हाम्रा क्षमताका कुराहरु होलान् हाम्रा अवस्था जे छ त्यसमा काम गर्ने हो । नीति विधि र कार्यविधिले तोकेका विषयमा परिधिभित्र बसेर गर्नुपर्ने काम प्रोएक्टिभली गरियो पूर्वसत्यतापूर्वक गरियो भने त्यस्ता प्रभावहरु कम आउने आएका प्रभावहरुमा यथेष्ट रुपमा अध्ययन गरेर प्रमाणका आधारमा पुष्टाइँदियो भने अनावश्यक दबाब र प्रभाव हटाउन सकिन्छ । सबै दबाबलाई नकारात्मकता मात्र लिन सकिन्नँ । कुनै दबाबलाई जिल्लाको विकास अथवा सेवा प्रभावकारितामा उपयोग गर्न सकिन्छ ।

संघीयताअघि र अहिलेको निजामती सेवाको कार्यसम्पादनमा के फरक पाउन सकिन्छ ?
एकीकृत प्रणालीबाट हामी जसरी संघीयतमा अभ्यास गरिरहेका छौं । यसमा अलिकति परिवर्तन त भएका छन् । संघीय तह, प्रदेश तह र स्थानीय तहमा गरेर तीन सरकार छन् । प्रमुख जिल्ला अधिकारीका रुपमै भन्नुपर्दा तीन तहमा समन्वय गर्नुपर्ने अवस्था छ । समन्वयमा केही कठिनाइहरु पनि छन् । बहु-निकाय, बहुतहका सरकारका निकायसँग समन्वय गर्दा समन्वय सीप देखाउने, कला देखाउने, सक्रिय भएर लाग्दा नतिजा देखिने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । नागरिकका आधिकारी समस्या दैनिक समस्या सामना गर्न स्थानीय तह भएकाले केही सहज पनि भएको छ ।

अनि कार्य सम्पादनमा सहज र अफ्ठ्यारो नि ?
समन्वयमा केही जटिलता थपिएका छन् । बहु-निकाय, बहुतहका सरकारका निकायहरुबीच समन्वय अलिकति सरकारका अधिकार र जिम्मेवारमा क्लियर अलि नभएको आभाष हुन्छ । केही जटिलतमा छन् । त्यस्तैगरी सकारात्मक कुरामा नागरिकका कतिपय समस्या, साना विकास निर्माणका कामहरु, सेवा-प्रवाहका कुरामा स्थानीय तह जिम्मेवार भएर लाग्दा जनताले सहज सेवा पाइरहेको अवस्था छ । हामीले तपाईंहरु जनप्रतिनिधि जनतालाई पनि लाभ हुन्छ यहाँहरुको कार्यसम्पादन पनि देखिन्छ भनेर अनुरोध गर्दा उहाँहरु पनि प्रतिबद्ध भएर काम गरेको अवस्था छ ।

आफूले गरिदिएको कामबाट सेवाग्राही निकै खुसी भएको र आफूलाई पनि आत्मसन्तुष्ट भएको कुनै घटना छ कि ?
त्यस्ता धेरै घटना छन् । म तपाईंको यो प्रश्नलाई अलिकति सैद्धान्तीकरण गर्छु । सेवाग्राहीले सेवा लिन आउँदा उहाँहरुप्रतिको सहानुभूति र समानुभूति हामी सेवा प्रदायकमा हुनुपर्छ भन्ने लाग्छ मलाई । समानुभूतिले आफू सेवाग्राही भएर के-के समस्या छ त्यो महसुस गरियो भने सहजीकरणमा सहयोग पुग्छ । कतिपय सेवा प्रदायकहरुको सेवाग्राही सेवा लिन आउँदा गलत प्रमाण लिएर झुटो विवरण लिएर आएका हुन् भन्ने प्रवृत्ति छ । उहाँहरुसँग नभएका केही सपोर्ट डकुमेन्टहरु छन् भने पालिका वडाहरुसँग समन्वय गरेर वा अरु निकायहरुसँग समन्वय गरेर जुटाउनुपर्छ ।

सेवा लिन आउँदा सेवाग्राहीहरुको समस्या सहानुभूति र समानुभूतिपूर्वक मनन गर्ने, विश्लेषण गर्ने र मौज्दात नियम, कानुन र परिधिभित्र रहेर सेवा उपलब्ध गराउँदा उहाँहरुलाई न्याय परेको सेवा पाएर प्रसन्न भएको महसुस गरेको छु ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
अध्ययनका क्रममा रोजगारीको माध्ययम पनि आवश्यक पर्छ भनेर लोकसेवाको जाँच दिएपछि निजामती सेवामा प्रवेश भयो । यसमा प्रवेश गरेपछि यो सेवा के हो बुझ्दै गइयो । नागरिकको सेवा गर्ने ठूलो अभिलाषा भएर गएको भन्ने बनावटी जवाफ दिन्नँ म । मेरो निजामती सेवामा अध्ययनको क्रममा शैक्षिक फड्को मार्न क्रममा रोजगारका लागि लोकसेवा दिएर पास भएको हो । सेवामा प्रवेश गरेपछि राज्यले यो सेवा किन गठन गरेको छ, यसको र नागरिकबीचको सम्बन्ध के-हो भनेर बुझ्दै जाँदा नागरिकलाई राज्यका तर्फबाट प्रदान गर्ने सेवा-सुविधाहरु जोड्ने माध्ययम भएकाले हामी नागरिकप्रति जिम्मेवार, जवाफदेही नागरिकमैत्री समानुभूति र सहानुभूतिपूर्वक सेवा प्रवाह गर्ने नागरिकको खुसीमा आफू खुसी हुन सक्ने भन्ने जस्ता कुरा बुझेर सेवा प्रदान गरिरहेको छु ।

निजामती सेवामा सहज सेवा प्रवेशका लागि कसरी पढ्ने ?
निजामती सेवा योग्यतामा आधारित छ । यहाँसम्म आइपुग्दा परीक्षा दिएको अनुभव मसँग पनि छ । राजनीतिक तथा व्यवहारिक ज्ञानको संयोजनका साथै सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई फ्युजन गराएर तयारी गर्ने । आफ्नो कमी कमजोरी थाहा पाएर परीक्षाको तयारी गरियो भने नतिजा सकारात्मक आउँछ जस्तो लाग्छ मलाई । सैद्धान्तिक पाटोबाट मात्र गयो भने अलि समस्या हुन सक्छ । व्यवहारिक मात्र हेरेर पनि हुन्न । करेन्ट अफेयर्सका बारेमा पनि ज्ञान राख्न जरुरी छ ।

निजामतीतर्फ नयाँ पुस्ता कत्तिको आकर्षण भएको मान्नुहुन्छ ?
निजामती सेवाको साख घटेर नयाँ पुस्ताको आकर्षण छैन भन्ने विश्लेषण पनि सुन्न सकिन्छ । लोकसेवाको प्रतिस्पर्धामा हेर्ने हो भने इन्जिरियरिङ ब्याक ग्राउड भएका लगायत युर्निभसिटीमा अब्बल भएकाहरु पनि अधिकृत पदबाट निजामती सेवामा प्रवेश गरिरहेको भेटिन्छ । लोकसेवामा आवेदकको संख्या पनि गुणात्मक ढंगले बढेको देखिन्छ । त्यस हुनाले युवा पुस्तामा एक किसिमको जागरण पनि छ । यसमा प्रवेश गरेर सेवा गर्ने जागरण पनि छ । यसको साख अभिवृद्धि गर्न हामी निजमती सेवा प्रवेश गरेकाले निजामती सेवालाई साच्चिँकै जनततको सेवाका रुपमा विस्थापन गर्नुपर्छ भन्ने पाठ सिक्नुपर्छ जस्तो लाग्छ मलाई ।

निजामती सेवामा किन चाँडो-चाँडो सरुवा भइरहन्छ ? यसले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
सरुवाचाहिँ कर्मचारीको भौगोलिक अनुभवलगायत योग्यता बढाउने विधि हो । एउटा कर्मचारी हिमाल, पहाड, तराईको अनुभव लिँदै खारिँदै जाने हो । भूगोल, संस्कृति रितिरिवाज बुझ्ने विधि हो । सरुवामा हाम्रो अभ्यास अलि अस्थिर देखिन्छ । पछिल्लो समय यस किसिमको समस्या बढेको छ । यसलाई सच्याए निश्चित समय, विनाऔचित्य कारण सरुवा नगर्ने हो भने सेवा प्रवाह थप प्रभावकारी बन्छ ।

अन्त्यमा नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामी निजामती सेवामा रहेकाहरु बढ्ता कुरा गर्ने, ठूला-ठूला कुरा गर्ने व्यवहारिक रुपमा डेलिभर गर्न नसकेको हो कि जस्तो अवस्था छ । हामी काममै फोकस हुनुपर्छ । हामी जिम्मेवार र जवाफदेही भएर सेवालाई सशक्त बनाएर नागरिकको मन जित्न केन्द्रित हुनुपर्छ ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाएको भए हेर्नुहोस् ।

नवराज जैशी, प्रजिअ, रसुवा – ‘अनुभव पढेर होइन गरेर आफैं पाइने कुरा हो’

कृष्णबहादुर कटुवाल, प्रजिअ, बारा – ‘हामी जनताकै छोरा हौं, जनताले दु:ख नपाउने गरी काम गर्नुपर्छ’

खिमराज भुसाल, प्रजिअ, प्युठान – ‘जनतालाई सेवा गर्ने उपयुक्त अवसर’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जनता नै जनार्दन हुन् भन्ने भावना राखेर काम गर्नुपर्छ’

गोपालकुमार अधिकारी, प्रजिअ, बाजुरा – ‘चाँडो-चाँडो सरुवा, फाइदाभन्दा हानि धेरै’

फणीन्द्र दाहाल, प्रजिअ, खोटाङ – ‘निजामती प्रणालीका केन्द्रविन्दु भनेकै जनता हुन्’

जगन्नाथ पन्त, प्रजिअ, पाल्पा – ‘सेवाग्राहीको चाप हुने अड्डामा कर्मचारी थोरै छन्’

रुद्रबहादुर मल्ल, प्रजिअ, अछाम – ‘कानुन छाडेर काम गर्दैनौं’

अनोजकुमार घिमिरे, प्रजिअ, तेह्रथुम – ‘नागरिकको खुसी नै हाम्रो खुसी हो’

रमेश न्यौपाने, प्रजिअ, सिन्धुली – ‘नीति-नियम र प्रक्रियालाई आधार मानेर काम गर्छु’

हरि प्याकुरेल, प्रजिअ, दैलेख – ‘लोकसेवाको छनोट प्रक्रिया एकदमै उत्कृष्ट’

मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) – ‘सेवाग्राहीको माया मेरो आशीर्वाद’

टेकराज निरौला, प्रजिअ, दोलखा – ‘नोकरी गर्नेलाई निजामती सेवा आकर्षणको प्रमुख थलो’

उमेशकुमार ढकाल, प्रजिअ, पर्सा – ‘जनताको समस्या सुन्ने पहिलो काम प्रजिअकै हो’

गणेशविक्रम शाही, प्रजिअ, सोलुखुम्बु – ‘आफूले बनाएको योजना आफैं सम्पादन गर्न पाए नतिजा पनि उत्कृष्ट आउँछ’

लक्ष्मीप्रसाद बास्कोटा, प्रजिअ, रुकुम पूर्व – ‘निजामती सेवामा आकर्षणको दायरा बढेको छ’

देवी पाण्डे खत्री, प्रजिअ, पर्वत – ‘निजी क्षेत्रको पीडा निजामतीमा छैन’

प्रतिक्रिया