शुक्रबार, जेठ ४, २०८१

माेबाइल

लाेचन रिजाल २०७८ असार ५ गते ८:००

साथी पाँच हजार छन् सबजना विद्वान् स्रष्टा जति
लेख्छन् राेज कथा रचेर कविता पाेस्ट्याउने छन् कति
चारै श्लाेक प्रत्येककाे त पढ्दा चाैका हुने पाँचकाे
त्यत्राे बीस हजार श्लाेक कसरी पढ्ने छिचाेल्ने छ काे ?

फाेटाेमात्र झलक्क याे नजरले एकैसराे हेर्दिने
लाइक त्याे पनि खै नभ्याउनु यहाँ कमजाेर आँखा हुने
मेराे याे कविता पढेर उसलेे क्यै भाव पाेख्ला भनी
साेच्नै व्यर्थ छ ध्यान दिन्छ कसले पारै नलाग्ने पनि

टिकटकको जमना छ दाैड गतिलाे ढर्रा र नक्कल् बढी
बूढा, बालख यी जवान सब नै नाच्ने धुरीमा चढी
याे म्यासेन्जर झन् बढी छ खतरा घाेत्लेर काेठा घुसी
बाेल्चालै परिवारमा कम भयाे जैल्यै छ ठस्साठुसी

कैले डढ्दछ भात, दाल पनि लाै एकाग्र यस्मा हुँदा
बाेलायाे कसले न ध्यान छ उता माेबाइलैमा छुँदा
याे ठाँडाे अनिवार्य नै हुनगयाे चाहिन्छ हर्दम् यही
चस्मा, मास्क छुटेछ याे त नछुटाेस् यात्रा म जाँदा कहीं ।

प्रतिक्रिया