कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध

नेपालखोज २०७८ असार ११ गते १९:२१

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका १२ जना प्रदेश सभा सदस्य रोष्ट्रममै करिब ५ मिनेट उभिएपछि बैठक अघि वढ्न नसकेको हो ।

जसका कारण प्रदेशसभाको आठौँ अधिवेशनको १२ औँ बैठक कार्यसूचीमै प्रवेश गर्न पाएन । यसअघि असार ४, ६, ८ र ९ गते पनि सदन अवरुद्ध पारिएको थियो ।

असार १ गते बजेट सार्वजनिक भएदेखि बैठक बस्न सकेको छैन । सभामुख राजबहादुर शाहीले अर्को बैठक पर्सी (आइतबार) दिउँसो २ बजे तोकेका छन् ।

प्रतिक्रिया