प्रदेश १, २, वाग्मती र गण्डकीमा भीषण वर्षाको सम्भावना

काठमाडौं । आज प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभाव र तराई भू-भागनजिक रहेको मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसअन्तर्गत अहिले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर मौसम बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ ।
पर्सिसम्मै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया