मंगलबार, वैशाख ३०, २०८२

वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति

नेपालखोज २०७८ असार २३ गते १२:२१

तनहुँ । जिल्लाको केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्‍याएको छ ।

निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् । नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ ।

साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया