शुक्रबार, जेठ ३, २०८२

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

नेपालखोज २०७८ साउन ३ गते १७:०२


चितवन । चितवनमा गैंडाले आक्रमण गर्दा एक वृद्धको मृत्यु भएको छ । रत्ननगर नगरपालिका –११ स्थित पञ्चकन्या सामुदायिक वनमा आज (आइतबार) दिउँसो गैंडाले आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय रोहिका कुमालको मृत्यु भएको हो ।

निगुरो टिप्न गएका कुमाल गैंडाले आक्रमण गर्दा सख्त घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया