देउवालाई गगन थापाकाे आग्रह- ‘बालुवाटारमा पार्टीको बैठक नराख्नुहोस्’

नेपालखोज २०७८ साउन ४ गते ९:१३

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी सभापतिसमेत रहेका देउवाले आफुहरुलाई पार्टीको बैठक अब बालुवाटारमा नराख्ने विश्वास दिलाएको पनि बताएका छन् ।

‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको छ ।’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया