पाकिस्तान प्रशासित कश्मीरमा विधानसभा चुनाव : २० लाख मतदाताले मतदान गर्दै

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा ५३ सिटको विधानसभाका लागि आज मतदान भइरहेको छ ।
करिब २० लाख मतदाताले मतदान गर्दैछन् । ५३ मध्ये ४५ सिटका लागि मतदान हुनेछ भने बाँकी ५ महिला आरक्षितसहित ८ सिटमा विधानसभा सदस्य मनोनित गरिने छ । सन् १९४७ मा भारत पाकिस्तान विभाजनको समयसम्म कश्मीर स्वतन्त्र राज्यका रुपमा थियो ।
दुई देशको युद्धसँगै दुवै देशले जम्मु–कश्मीर क्षेत्रलाई आफ्नो भूभाग रहेको दाबी गर्दै आएका छन् । पाकिस्तानको संविधानको धारा २ सय ५७ मा कश्मीरलाई पाकिस्तानमा मिसिएपछि मात्रै आफ्नो भूभाग भनिने र त्यस्तो निर्णय गर्ने अधिकार कश्मीरी नागरिकलाई दिने उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो छैन ।
पाकिस्तानले कश्मीर क्षेत्रमा संविधानले दिएको अधिकारविपरित सेनाको माध्यमबाट आफ्नो नियन्त्रण जमाउँदै आएको छ । चुनावअघि हिजो प्रधानमन्त्री खानले एक सार्वजनिक कार्यक्रममा कश्मीर स्वतन्त्र रहने वा पाकिस्तानमा मिसिने त्यसको निर्णय लिने अधिकार कश्मीरी जनतासँग रहेको अभिव्यक्ति दिएका थिए ।
छिमेकी भारतले आफ्नो भूभागतिर रहेको जम्मु–कश्मीरलाई अब पूर्ण रुपमा आफ्नै भूभाग बनाएको छ । यसअघि त्यस क्षेत्रलाई दिइएको विशेषाधिकार भारत सरकारले गत वर्ष खोसेको थियो ।
प्रतिक्रिया