बिहीबार, चैत १५, २०८०

एउटा गजल !

धर्म तिवारी २०७८ साउन १६ गते १०:०८

नरूनु अब चितामा ऊ जल्यो भनेर नरूनु।
बल्दैन यो मन आगोसँग बल्यो भनेर नरूनु।

श्रद्धको फूल सुक्दैन भन्थे मर्दैन भन्थे कोही,
रहेन अब आस्थाको मूर्ति ढल्यो भनेर नरूनु।

मग्मगाओस् या जग्मगाओस् खरानी न हो,
दैवले यहाँ मलाई मात्रै छल्यो भनेर नरूनु।

ब्रह्‍माण्ड निल्ने त्यो तागत हराउँदै जान्छ पलपल,
माटो न हो पार्थिव शरीर गल्यो भनेर नरूनु।

पर्खेर कोही आउँदैन यहाँ फर्केर कोही आउँदैन,
झुटो यो माया झुटो यो चोला चल्यो भनेर नरूनु ।

प्रतिक्रिया