ट्विटरमा पारसको हेलमेट काण्ड !

काठमाडौं । पूर्वयुवराज पारस शाह गएराति बिनाहेलमेट महाराजगन्ज (नारायणगोपाल) चोकमा मोटरसाइकलमा हुइँकिने क्रममा प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले बिनाहेलमेट सवारीसाधन चलाएको भन्दै नियन्त्रणमा लिएपछि पारस पनि प्रहरीसँग बाझाबाझ गरे । बिनाहेलमेट प्रहरी फन्दामा परेका पारसलाई पछि सम्झाएर छाडियो । त्यसको प्रतिक्रिया सामाजिक सन्जालभरि भयो । हेलमेट नलगाएर हिँडेका बखत पारस प्रहरी फन्दामा परेपछि यो विषय सामाजिक सन्जालमा छरप्रस्ट भयो । हेरौं ट्विटरमा पारसको हेलमेट काण्डपछि आएका केही टिप्पणी :
हर्ष सुब्बा, वरिष्ठ पत्रकार
पारसको अभद्र अवज्ञा राजतन्त्रको हुकुमी शासनको उदाहरण हो । भद्र अवज्ञा गरेका हुन भने शान्तिपूर्ण गिरफ्तारी दिनुपर्थ्यो । त्यसले राजशाहीमा समयानुसार परिवर्तन आएको सन्देश दिन्थ्यो । तर त्यस्तो बदलाव नेपाली राजशाहीमा आएको छैन भन्ने कुरा यो घट्नाले पुष्टि गरेको छ । विचार चोगे…
दीपेन्द्र लामा, चलचित्र निर्देशक एवं पत्रकार
हेल्मेट लगाउने नियम पनि जनअनुमोदित थिएन । विदेशीको एजेन्डा थियो । हेल्मेट कम्पनीहरुको व्यापारिक स्वार्थ थियो । त्यसैले हेल्मेटबिना बाइक चलाउन पाइन्छ कि पाइँदैन भन्ने विषयमा पनि जनमतसंग्रह गरौं ।
राजेन्द्र बानियाँ, पत्रकार
पारस शाह र अफताव आलमको बकबक उस्तै लाग्यो । पुलिसले समाएर गाडीमा हाल्दा सन्किएका चिम्नी साहु आलम र विना हेल्मेट सडकमा उपद्रो मच्चाउने जगल्टे सरकार । पुलिसलाई मेरो प्रश्न छ, सडकमा मुख छोड्दा र हातापाईको हर्कत गर्दा नि किन भिजेको मुसो बन्या ? सोझो युवा भेटे त फ्लाई किक हान्थेउ त ।
रामेश
उता हिजो मिश्रजीले जनप्रिय राजसंस्था विदेशी षड्यन्त्रमा फालियो भन्नुभो अनि यता आज पारस सरकारले विदेशी हेलमेट नै फाल्दिएर भट्भटे कुदाउँदै ट्राफिकलाई ‘मलाई चिन्छस्’ भन्नुभो । जे होस्, हामीलाई ढुक्क छ । राजतन्त्र सही ट्रयाकमा कुद्दैछ ।
रञ्जित तामाङ
ट्राफिकले हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज पारस शाहले ट्राफिक प्रहरीसँग झगडा गरेछन् । राजतन्त्रलाई पनि जनमत संग्रहमार्फत फर्काउन सकिन्छ भन्ने जल्दाबल्दा दार्शनिक रवीन्द्र मिश्र यसबारे के भन्छन् कुन्नि ? कि मिश्रको नजरमा पारसका बाबुछोराबाहेक राजा बन्न लायक अरू कोही छन् ?
विज्ञान आचार्य
राजा आऊ देश बचाऊ पारस वीरविक्रमको जय होस ट्रफिक नियम भाडमा जाउ, बिहान-बिहानै जाँड खाउँ चोकमा दादागिरी देखाऊ ।
आस्था केसी
टोलको सुकुल गुन्डाजस्तो पूर्वराजाको छोरोलाई थप्पड लगाएर जेल कोच्ने हिम्मतिलो प्रहरी कोही छैन ? कसरी दादागिरी देखाउन सकेको ? माथि बस्नेहरुको आदेशले बिगारेको देश ।
थला विशेषज्ञ
पारसले हेल्मेट लगाएन भनेर रोइलो रैछ बजारमा । समातेर कोच । नियम लगाऊ । यता तिम्रा बाउहरूले देश नै खुलेआम लुट्दासमेत तिम्रा फुटेका आँखाले देख्दैन । मुख सिलाएकै छौं । यता कानुन लाग्ने कुरा भएन ।
सबै कि प्यारी छोरी म
संघीयता आएपछि गाउँमा वडाध्यक्षको छोराको त कत्रो चुरिफुरी छ ? पारस त राजाको छोरा हो नि, राजाको छोरा भए सी पुलिससँग किन डराउँदो हो भन्दै छन् है चिया पसलमा ।
विमल आचार्य
रवीन्द्र मिश्रले हल्लाइदिएको गणतन्त्रको जगलाई
अब पारस शाहले हेल्मेट नलगाएको भिडियो राखेर टेको लगाउँदै छन् । अनि केही दिनअगाडि ड्युटीमा रहेका प्रहरीलाई हिसाबकिताब भन्नेलाई मन्त्री उपहार दिएर जोगाइदिएको संघीयता पनि घिटिघिटीमा छ । तुलसीको मोठमा कसलाई लानुपर्छ जनमतसंग्रह गरौं ।
देउ बा !
सूर्य थापाहरुको टिमुर्क्याईका अगाडि पारस शाहको टिमुर्क्याई त फिक्का पर्छ है !
नरेश
हाम्रो पारस सरकारको समर्थनमा आज माइतीघरदेखि नारायणहिटीसम्म बिनाहेलमेट मोटरसाइकल र्याली गर्दा कसो होला ?
डा. एलिया अर्याल
पारस शाह रहुनञ्जेल नेपालमा राजतन्त्र फर्किंदैन पारस शाह गएको भोलिपल्ट राजसंस्था फर्किन्छ हृदयन्द्र राजा हुनेछन्, नेपाली जनताले राजा बनाउने छन यो इतिहासमा लेखेर राखे हुन्छ।
खैरे
ज्ञानेन्द्रले हेल्मेट लाएको भए आजको दिन आउने थिएन !
रानाज्यु (हँसिलो)
पारस दाजु को काण्ड परेछ !! अब फेरि
सोनीका रोकाया सामाजिक सन्जालमा
बौलाएको सुन्नुपर्ने होला !!
शरला भण्डारी
गणतन्त्रका पारसहरु प्रहरी थर्काउँदा मन्त्री हुने
अनि राजतन्त्रका पारसलाई चाहिँ कानुन लाग्ने ?
मैले राजतन्त्रका पारस सही अनि गणतन्त्रका पारस गलत भनेको हैन, जसको शक्ति उसको भक्ति प्रवृत्तिलाई गलत भनेको हो
राजतन्त्रको पारस होस् या गणतन्त्रको पारस कानुन सबैलाई एकै हुनुपर्ने होइन र ?
सुमन सुब्बा
पारस शाहले मोटरसाइकल चलाम्दा हेलमेट लाउनुपर्छ कि पर्दैन भन्नेमा जनमतसङ्ग्रह गर्नुपर्छ।
फिलिङ : रवीन्द्र मिश्र
श्याम दाहाल
त्यो पारससँग किन मान्छे डराएका होलान् ? आजै पनि सडकमा मोटरसाइकल हाँक्नेहरु कतिले हेल्मेट लगाएका छैनन खोइ हल्ला छैन, सडक पारसको पनि हो त्यो पनि मान्छे हो त्यसलाई पनि कहिलेकाहीं रमाइलो गर्न मन लाग्दो हो, राजा नै जस्तो गरेर पारसको पछि मान्छे किन दगुर्छन् ?
प्रेतात्मा
ज्ञानेन्द्रको छोरोमाथि भएको दमन निन्दनीय छ । नेताले नसकेपछि केटो लिपुलेक फिर्ता लिन असिनपसिन भएर जाँदै थियो ।
स्वदेश
हेल्मेट नलगाए मजा त आउला तर लफडामा फसिने रच; हेल्मेट लगाऔं/सुरक्षित बनौं/लफडामा नफसौं ।

प्रतिक्रिया