प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइँदै

नेपालखोज २०७८ साउन २२ गते ८:४१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सत्तारुढ गठबन्धनको कार्यदलले आज सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ ।

प्रतिवेदन सबैको अपनत्व हुने गरी तयार पारिएको कार्यदलका संयोजक खड्काको भनाइ छ । गठबन्धन सम्बद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकारहरुसँगको परामर्शपछि प्रतिवेदन तयार पारिएको हो ।

प्रधानमन्त्री देउवालाई बुझाउन लागिएको प्रतिवेदनमा सरकारको योजना, काम र प्राथमिकताका विषयलाई समेटिएको छ ।

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधिको अन्तिम खाका हिजो (बिहीबार) मात्र तयार पारेको हो । यसका लागि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकसहित मीनेन्द्र रिजाल र रमेश लेखक छन् भने नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव छन् ।

प्रतिक्रिया