देशभर आजदेखि भेरोसेलको दोस्रो डोज
नेपालखोज
२०७८ साउन २२ गते ९:५३

काठमाडौं । देशभर आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइँदै छ । भेरोसेलको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज लगाउन पाउने भएका हुन् ।
पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो डोज खोपको यो अभियान साउन २४ गतेसम्म चल्नेछ ।
काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड ल्याउनुपर्नेछ । -प्रतीकात्मक तस्बिर
सम्बन्धित

प्रतिक्रिया