कुन-कुन प्रदेशमा हुँदै छ भारी वर्षा ?

नेपालखोज २०७८ साउन २७ गते ७:१७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भागनजिक रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली भई देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।

आज राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ । -फाइल तस्बिर

प्रतिक्रिया