आइतबार, वैशाख १४, २०८२

बोध

हिरन्य भाेजपुरे २०७८ भदौ ५ गते ८:०८


आज आइपुगें ।
तिम्रो मझेरीमा ।
तिम्रो पधेंरीमा ।
पानी खान ।
तिम्रो घरदैलोमा
एकछाक खस्रोमसिनु
खाना खान ।
सम्साँझै आइपुगें
दिन्न नभन्नु बास ।
मैले पलपल छुँदैछुँदै
एक युग हिडें ।
मलाई अझ हिंड्न देऊ ।
बासबस्न दिएर । सघनमन दिएर ।
थाकेको छु ।
समथर हिडें उचाइ हिडें
उपत्यका,अधित्यका,
उकाली-ओराली हिडें ।
ऊ पर…हेर त एउटा बोधबत्ती बलेको
मैले त्याँसम्म पुग्नु छ ।
तिमी पनि मसँगै जाने हो ?

प्रतिक्रिया