टाटा मोटर्स लन्च गर्दै मिनी र माइक्रो एसयूभी

काठमाडौं । टाटा मोटर्सले चाँडै आफ्नो मिनी एसयूभी पन्चलाई बजारमा उतार्दै छ । टाटाका अनुसार यो एउटा ऊर्जावान् एसयूभी हुनेछ जसलाई सजिलै जहाँसुकै लान सकिन्छ ।
टाटा कम्पनीले पन्च एच २ एक्सलाई प्लेटफर्म बेस्ड गाडी बताएको छ । यो गाडी नयाँदिल्लीको अटो एक्सपो-२०२० मै प्रस्तुत गरिएको थियो । अब पन्च एच २ एक्स आगामी तिहारसम्ममा बजारमा आउने बताइँदै छ ।
कति होला मूल्य ?
टाटा मोटर्सका डाइरेक्टर (पेसेन्जर भेइकल बिजनेस युनिट) शैलेश चन्द्रा भन्छन्, ‘नामअनुरूप टाटा पन्च एउटा ऊर्जावान् वाहन हो, यो अप्ठ्यारो बाटोमा पनि सहजै दौडन सक्छ ।’ भारतीय बजारमा यो कारको मूल्य साढे चार लाखदेखि साढे सात लाख भारतीय रुपैयाँसम्म हुनसक्छ ।
टाटा एचबीएक्स पनि हुँदै छ लन्च
टाटाले आफ्नो मोस्ट अवेटेड माइक्रो एसयूभी एचबीएक्सको टिजर सार्वजनिक गरिसकेको छ । जसबाट अनुमान गर्न सकिन्छ कि यो कार पनि चाँडै बजारमा ओर्लनेछ । यो एसयूभी भारतीय बजारमा पाँच लाख भारुमै उपलब्ध हुनसक्छ । भारतीय मिडियाहरुका अनुसार यो एसयूभीमा त्यस्ता कैयौं फिचर हुनेछन् जुन साधारणत: अन्य एसयूभीमा पाइँदैन ।
टाटा एचबीएक्सको डिजाइन
टाटा एचबीएक्सको लुक टाटा नेक्सोन र टाटा हेरियरजस्तै रहनेछ । यसको एलइडी डिआरयल प्रोजेक्टर हेडलाइट हेरियरजस्तै देखिन्छ । यो माइक्रो एसयूभीको फ्रन्ट र एयर भ्यु टाटा नेक्सोनकै जस्तो लाग्छ ।
फिचर्स
टाटा एचबीएक्स हेर्दा सानो देखिए पनि यसको पावर निकै दमदार छ । यसमा टाटा अल्टोजका केही फिचर जस्तो स्मार्टफोन कनेक्टिभिटीका साथ टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टी फक्सन स्टेयरिङ ह्विल र इन्स्ट्रूमेन्ट क्लस्टर आदि समावेश भएको बताइँदै छ ।
प्रतिस्पर्धा कोसँग ?
टाटा एचबीएक्स एसयूभीको प्रतिस्पर्धा Datsun GoPlus, Ranault Triber, Maruti Suzuki Ignis तथा Mahindra KUVZ NXT आदि सँग हुनसक्छ ।
इन्जिन
टाटा एचबीएक्स मा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन प्रयोग गरिएको बताइन्छ । यसमा १.२ लिटर टर्भोचार्ज्ड पेट्रोल इन्जिन पनि हुन सक्छ । यो कारमा फाइभ स्पिड म्यानुअल र फाइभ स्पिड एएमटी गियरबक्स रहने अनुमान छ ।
प्रतिक्रिया