शुक्रबार, जेठ ३, २०८२

सुनको मूल्य सामान्य घट्यो

नेपालखोज २०७८ भदौ १० गते ११:१०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार छ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार २१० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया