सुनको मूल्य बढ्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ भदौ ११ गते ११:४८

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेकोे छ । छापावाल सुन आज प्रतितोला पाँच सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज घटेको छ । चाँदी आज तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया