शनिबार, जेठ ५, २०८१

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबिच सम्झौता

नेपालखोज २०७८ भदौ १६ गते १३:२६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रा. लि. सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि.को प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
महालक्ष्मी विकास बैंक लिमिटेडले देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यस्तै बैकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

प्रतिक्रिया