करिष्मा मानन्धरले नेपाल भित्र्याइन् इन्टेक्स ब्रान्डका सामान

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल इन्टेक्स ब्रान्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाइने भएको छ ।
रिसिक टेडिङ कन्सर्न प्रालि नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा रहेको छ । विश्व बजारमा आफूलाई स्थापित गर्न सफल इन्टेक्स कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो छ ।
कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामान उत्पादन गर्दै विश्व बजारमा उपलब्ध गराउँदै आएको छ । नेपाली सिने जगतकी चर्चित नायिका करिष्मा मानन्धरले यो ब्रान्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ कन्सर्नकी म्यानेजिङ डाइरेक्टरसमेत रहेकी अभिनेत्री मानन्धरले धरायसी रुपमा प्रयोग हुने इलोट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्रान्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको समेत बताएकी छिन् ।
२५ वर्ष अघिबाट यस ब्रान्डका सामानहरु विश्व बजारमा आए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलोपटक नेपाल आएको हो । ८ वर्षअघि यो कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको र सन् २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्रान्डको रुपमा स्थापित भएको थियो । क्वालिटी र गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको इन्टेक्स ब्रान्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए ।
इन्टेक्स ब्रान्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको अग्रवालले जानकारी दिएका छन् । नेपालमा आधिकारिक रुपमा भित्रिएको उक्त ब्रान्डलाई नम्बर १ बनाउने प्रयासमा आफूहरु रहेको उनले बताए । देशभर नै उक्त कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।
आफ्नो उद्देश्य भनेको वेस्ट क्वालिटीका गुणस्तरीय सामान उपभोक्तालाई दिनु रहेको उनको भनाइ छ ।यस्तै राम्रो सामान सही मूल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको इन्टेक्स ब्रान्डका कन्टी म्यानेजर विनय जोशीले दाबी गरे ।
प्रतिक्रिया