बुधबार, वैशाख १९, २०८१

‘पशुपक्षी र वनस्पतिमा ईश्वरको बास छ’ (भिडियोसहित)

नेपालखोज २०७८ भदौ २० गते ११:१७

हाइलाइट्स :
–ईश्वरको अर्थ हुन्छ चेतना र सारा सृष्टि चेतनाबाट निर्माण भएको छ ।
–विज्ञान जहाँबाट सकिन्छ आध्यात्म त्यहीँबाट सुरु हुन्छ । आध्यात्म भन्छ– ऊर्जाको स्रोत हो चेतना, चेतनाबाटै ऊर्जा बन्छ । कुनै पनि पदार्थ चाहे वनस्पति या जनावर सबैमा चेतना छ त्यही परम् चेतनालाई ईश्वर भनिन्छ ।
–पदार्थ ऊर्जाले बन्छ र ऊर्जा चेतनाले बन्छ । चेतना आत्माले बन्छ र आत्मा परमात्माले बन्छ । परमात्माको स्थूल स्वरूप नै आत्मा हो । त्यसैले परमात्मा र आत्मा फरक होइन । जस्तो पानी र बरफ चिज एउटै रूप मात्रै फरक हो ।
–परमात्मा अलि स्थूल भयो आत्मा बन्यो, आत्मा अरू स्थूल भयो चेतना बन्यो, चेतना स्थूल भयो उ,र्जा बन्यो, ऊर्जाहरू स्थूल भए पदार्थ बन्यो त्यसकारणले गर्दा यो सारा जगत् परमात्माले बनेको छ भन्नु र कण–कणमा भगवान् छ भन्नुको अर्थ यति मात्रै हो कि हरेक कुरा त्यही परमात्माबाट स्थूल हुँदै–हुँदै बनेको छ ।

प्रतिक्रिया