मुग्लिन–नौबिसे सडक अवरुद्ध
नेपालखोज
२०७८ भदौ २२ गते ७:३०

काठमाडौं । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय जानकारी दिए ।
–रासस
सम्बन्धित

प्रतिक्रिया