ज्योति विकास बैंकले आभूषण व्यवसायीलाई सहज कर्जा दिने

काठमाडौ । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच ‘स्वच्छ व्यवसायः सम्मानित व्यवसायी’ विषयक अन्तर्क्रिया कार्यक्रम सुनसरीमा सम्पन्न भएको छ ।
सुनसरी रत्न तथा आभूषण महासंघ द्वारा शुभारम्भ गरेको ‘स्वच्छ व्यवसाय: सम्मानित व्यवसायी’ नामक अन्तर्क्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य, बैंकका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा, इटहरी शाखाका शाखा प्रबन्धक चन्द्रदीप पहाडी, विराटनगर शाखाका शाखा प्रबन्धक देवीप्रसाद चौलागाई र सुनसरी रत्न तथा आभूषण संघका तर्फबाट संघका अध्यक्ष टेकबहादुर यङ्गदेन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान, ईटहरी , इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुको उपस्थिति रहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंकबिच बैंकिङं सहकार्यको उद्देश्यबारे छलफल भएको थियो ।
कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हेतुले ल्याइएका विभिन्न बैंकिंग सेवाहरु तथा डिजिटल बैंकिंङसम्बन्धी विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तर्क्रिया भएको थियो ।
ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने, डिजिटल बैंकिंङ सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त बैंकले महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन मिति २०७८, असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया