सुन चाँदीकै मूल्य स्थिर
नेपालखोज
२०७८ भदौ २२ गते ११:३९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ । छापावाल सुन आज ९१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार चार सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि आज स्थिर छ । हिजो तेजाबी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।
त्यसैगरी चाँदीको मूल्य पनिआज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी १२ सय ३० रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया