एक अर्ब ६६ करोड १४ लाख रुपैयाँले बढ्यो विकास बैंकको निक्षेप

नेपालखोज २०७८ भदौ २२ गते १५:१४

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको कुल निक्षेप सातामा एक अर्ब ६६ करोड १४ लाख २० हजार रुपैयाँले बढेको छ । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एशोसिएसनका अनुसार गत साता बिकास बैकहरुको कुुल निक्षेप चार खर्ब १४ अर्ब ७१ करोड ७८ लाख २० हजार रुपैयाँ रहेकोमा यो साता यस्तो निक्षेप बढेर चार खर्ब १६ अर्ब ३७ करोड ९२ लाख ४० हजार रुपैयाँ पुगेको हो । एशोसिएनसका अनुसार यो बृद्धि गत साताको भन्दा शुन्य दशमलव ४० प्रतिशतले बढी हो ।

यसैगरी गत साताको तुलनामा राष्ट्रियस्तरका बिकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम पनि तीन अर्ब ३७ करोड ५३ लाख ५० हजार रुपैयाँले बढेको छ । गत साता बिकास बैकहरुको कुल कर्जा तीन खर्ब ६२ अर्ब ५३ करोड ८० लाख दुई हजार रहेकोमा यो साता यस्तो कर्जा शुन्य दशमलव ९३ प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ९१ करोड ३३ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

एशोसिएसनका अनुसार क्षेत्रियस्तरका बिकास बैंकहरुको कुल निक्षेप भने गत साताको तुलनामा यो साता २५ करोड २७ लाख ६० हजार रुपैयाँले घटेको छ । गत साता क्षेत्रियस्तरका बिकास बैंकहरुको कुल निक्षेप ७२ अर्ब ४२ कारेड ३३ लाख ३० हजार रुपैयाँ रहेकोमा यो साता यस्तो निक्षेप घटेर ७२ अर्ब १७ करोड पाँच लाख ७० हजार रुपैयाँमा सिमित हुुन पुगेको छ । यो निक्षेप भनेको गत साताको तुलनामा शुन्य दसमलव ३५ प्रतिसतले कम हो, एशोसिएसनले भनेको छ ।

यसैगरी क्षेत्रियस्तरका विकास बैंकहरुको कुल कर्जा रकम भने गत साताको तुुलनामा ३६ करोड ३३ लाख अर्थात शुन्य दशमलव ५४ प्रतिशतले बढेको छ । गत सात क्षेत्रियस्तरका बिकास बैंकहरुको कुल कर्जा ६६ अर्ब ८० करोड ९२ लाख रुपैयाँ रहेकोमा यो साता यस्तो कर्जा रकम बढेर ६७ अर्ब १७ करोड २५ लाख रुपैयाँ पुुगेको छ । एशोसिएसनका अनुसार यही भदौ १२ गते देखि यही भदौ १८ गतेसम्म विकास बैंकहरुको निक्षेप तथा कर्जामा यो उतारचढाव देखिएको हो ।

यस्तो रह्यो यो साता बिकास बैंकहरुको निक्षेप तर्था कर्जाको बृद्धिदर
राष्ट्रियस्तरका बिकास बैंकतर्फ

बिवरण गत साता यो साता बृद्धि (रुपैयाँमा) बृद्धि (प्रतिसतमा)

बिवरणगत सातायो साताबृद्धि (रुपैयाँमा)बृद्धि (प्रतिसतमा)
निक्षेप४१४७१७.८२४१६३७९.२४१६६१.४२०.४०
कर्जा३६२५३८.०२३६५९१३.१७३३७५.३५०.९३

क्षेत्रियस्तरुका बिकास बैंकतर्फ

बिवरणगत सातायो साताबृद्धि (रुपैयाँमा)बृद्धि (प्रतिसतमा)
निक्षेप७२४२३३.३३७२१७०.५७२५२.७६०.३५
कर्जा६६८०९.२०६७१७२.५०३६३.३००.५४
(श्रोत डेभलपमेन्ट बैंकर एशोसिएसन)

प्रतिक्रिया