गण्डकीका मुख्यमन्त्रीले गरे भेन्टिलेटर हस्तान्तरण

नेपालखोज २०७८ भदौ २२ गते १६:१४

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइरालाले भेन्टिलेटर हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री पोखरेलले श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र नेपाल भेन्टिलेटर सोसाइटीलाई एक-एक भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

ती भेन्टिलेटर नेपाल चीन जनमैत्री सङ्घको सक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट उपलब्ध गराइएको थियो ।

आज आयोजित कार्यक्रममा मुख्यमन्त्री नेपालीले अस्पतालका प्रशासक प्रदीप पौडेल र डा. डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा सरोज पोखरेललाई उपकरण प्रदान गरेका थिए । – रासस

प्रतिक्रिया