असोज दोस्रो साताबाट अग्रिम टिकट खुलाउने

नेपालखोज २०७८ असोज ४ गते ८:५५

काठमाडौं । असोज दोस्रो सातादेखि दसैंका लागि अग्रिम टिकट खुला गरिने भएको छ । दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागि टिकट खुल्ला गर्न लागिएको हो ।

यो समयमा लामो तथा छोटो दूरीका सवारीबाट करिब २० लाख मानिस घर फर्किने गरेका छन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, महानगरीय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागबीच भएको छलफलमा असोज दोस्रो साता टिकट खुलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको बताइएको छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यो वर्ष यात्रुको चाप हेरेर यो विषयमा अन्तिम निर्णय गरिने बताए ।

यो पटक कोरोना भाइरस महामारी पनि घटेकाले यात्रुको चाप बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया