आजको मौसम : सामान्य बदलीदेखि मध्यम वर्षासम्म

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको महाशाखाद्धारा जारी बुलेटिनमा जनाइएको छ । अन्य प्रदेशहरूका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना छ ।
भारतको पश्चिमी राजस्थानको आसपासमा तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरूको आंशिक प्रभाव छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेकाले यसको प्रभाव नेपालमा पनि परेको हो ।
आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
निरन्तर वर्षा हुने भएकाले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया