बिहीबार, वैशाख १३, २०८१

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

नेपालखोज २०७८ असोज १० गते १३:४०

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार (आज) दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो संगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

प्रतिक्रिया