नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठनार्थ अछाम जिल्ला स्तरीय भेला सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रम स्थानीय बुढीगंगा होटलको सभाकक्ष साँफेबगर नगरपालिका वडा नं. ४ मा आयोजना गरिएको हो ।
पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भनि साँफेबगर,साँफेबगर नगरपालिका-४ सुदूरपश्चिम प्रदेशमा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्लामा रक्तदान सम्बन्धि उत्प्रेरणनार्थ एक अन्तर कृयात्मक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएको छ ।
उक्त भेलाले स्वयंसेवी रक्तदाता बीरबहादुर बोहराको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएको छ ।

प्रतिक्रिया