शुक्रबार, वैशाख १४, २०८१

रुपन्देहीको मोतीपुरमा जारी कर्फ्यु आज राति १२ बजेबाट हट्दै

नेपालखोज २०७८ असोज २६ गते २१:३१

रुपन्देही । रुपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा विवादमा भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रशासन कार्यालयले सो क्षेत्रमा कर्फ्यू आदेश गरेको थियो । कर्फ्यू हटे पनि भदौ २८ गतेदेखि कायम गरिएको निषेधाज्ञा भने यथावत् रहेने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया