बिहीबार, वैशाख १३, २०८१

कृतिसँग अमिताभको नृत्य, भने- कलेजका दिन याद आए

नेपालखोज २०७८ कार्तिक २ गते १७:१०

काठमाडौं । टीभीको क्विज ‘शो’ ‘कौन बनेका करोडपति–१३’ का संचालक (होस्ट) अमिताभ बच्चनले आउने एपिसोडको एक झलक देखाएर दर्शकहरुको उत्सुकता बढाइ दिएका छन् । ‘शो’ मा हरेक शानदार शुक्रबारका दिन कोही न कोही सेलिब्रेटी गेस्ट आउने गर्दछन् ।

आगामी एपिसोडमा नायिका कृति सेनन र राजकुमार राव हाँट सिटमा बिग बीका साथमा देखा पर्ने भएका छन् । उक्त एपिसोडमा अमिताभ बच्चलाई कृति सेननका साथमा बाँलरुम डान्स गर्दै गरेको देख्न सकिने छ । अमिताभ बच्चनले आफ्नो इन्स्टाग्राममा एक तस्बिर शेयर गरेका छन् । उक्त तस्बिरमा अमिताभ कृति सेननका साथ डान्स गरिरहेका देखिन्छन् । शेयर गरिएको उक्त तस्बिरमा अमिताभ ब्लू सूट र कृति सुन्दर रातो पहिरनमा निकै खुलेकी देखिन्छिन् ।

फोटो शेयर गर्दै अमिताभले सामाजिक संजालमा लेखेका छन् – रातो रंगको पहिरनमा रहेकी निकै सुन्दिरी महिला कृति सेननका साथ बाँलरुम डान्सिङ….. आह ति कलेज अनि कलकत्ताका दिनहरु फेरि आज आए ।

बलिउडमा आउनु पहिला अमिचाच बच्चन सन् १९६३ देखि १९६८ सम्म करिब साढे पाँच सालसम्म कलकत्तामा बसेका थिए । अमिताभले कलकत्तामा कैयौं कम्पनीमा कार्यकारी भएर काम गरेका थिए । कलकत्तामा विभिन्न कम्पनीहरुमा काम गर्नुका साथै अमिताभ थियटर पनि गर्थे । त्यसपछि उनले मुम्बई आएर कोसिस गरे र आज उनि शताब्दीका महानायकका रुपमा चिनिन्छन् ।

स्रोत : अमर उजाला

प्रतिक्रिया