देशभर बदली रहने, प्रदेश १, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना

नेपालखोज २०७८ कार्तिक ४ गते ६:१७

काठमाडाैं । जल तथा माैसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतको बिहारमा  रहेकाे न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव रहेकाे छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभाग बुलेटीनमार्फत जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक / दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ जल तथा माैसम विज्ञान विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया