बिहीबार, वैशाख ६, २०८१

इङवा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

नेपालखोज २०७८ कार्तिक ४ गते १२:५४

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) को निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।

प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासनका लागि उक्त कम्पनीलाई बिक्री प्रबन्धक तोकिएको इङवा हाइड्रोले जनाएको छ ।

इङवा हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, काठमाडौं ११, थापाथलीमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र इङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ जिल्लामा ९.७ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

प्रतिक्रिया