शुक्रबार, वैशाख १४, २०८१

यसरी राखियो वासिंटनको नाम

नेपालखोज २०७८ कार्तिक ७ गते १३:०९

काठमाडौं । वासिंटन डीसी विश्वकै ठूलो सहर अनि शक्तिशाली राष्ट्र अमेरिकाको राजधानी पनि हो । राष्ट्रपतिलगायत प्रमुख व्यक्तिहरू बस्ने यो ठाउँ व्यापारिक अनि ऐतिहासिक संरचनाहरू भएको प्रमुख सहर हो ।

यस सहरको प्रमुख आकर्षण वासिंटन स्मारक हो । स्मारक अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनको सम्मानमा निर्माण गरिएको थियो । यो स्मारक र यसको वरपरको वातावरण पनि निकै मनमोहक छ । नेसनल मल छेउमा अवस्थित यो स्मारक महँगो पत्थर (स्टोन अबिलिस्क) बाट बनेको हो । ५५४ फिट (१६९मिटर) अग्लो यो स्मारक विभिन्न प्रकारका ढुंगाको मिसावटमा बनेको छ । सन् १८८४ मा बनेको यो स्मारक विश्वका केही अग्ला संरचनामध्ये अग्लो र आकर्षक स्मारकका रूपमा लिइन्छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि स्मारक आकर्षणको केन्द्र बनेको छ ।

वासिंटन डीसीको अर्को प्रमुख आकर्षण लिंकन मेमोरियल हो । यो वासिंटन स्मारक छेउमै ठड्याइएको छ । यो अमेरिकाका १६औं राष्ट्रपति आब्रहम लिंकनको सम्मानमा ठड्याइएको अमेरिकी इतिहासमा उल्लेख छ । सन् १९२२ मा महँगो मार्बलबाट बनेको यो मेमोरियल भवन ग्रिसको पार्थेनन ढाँचामा बनाइएको छ ।

यस भवनको एउटा कोठामा लिंकनको १६ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । प्रमुृख समारोहहरू आयोजना हुने लिंकन मेमोरियल अमेरिकाको प्रमुख सांकेतिक स्मारक पनि हो । प्रसिद्ध नेताहरूको भाषण गर्ने प्रमुख स्थलका रूपमा पनि रहेको लिंकन मेमोरियलबाट आकर्षक पोखरीको पनि अवलोकन गर्न सकिन्छ । यस परिसरमा अरू धेरै आकर्षक तथा ऐतिहासिक संरचनाहरू पनि छन् ।

अमेरिकाले कोरियासँग युद्ध गर्दा सहादत प्राप्त गरेका दर्जनौं सैनिकहरूको पूर्ण शरीर देखिने मूर्तिहरू लिंकन मेमोरियल परिसरमा छन् । यस्तै थोमस जेफर्सनको १९ फिट अग्लो र मार्टिन लुथर किंग्सको ३० फिट अग्लो मूर्ति पनि यस परिसरमा छ । यसका अतिरिक्त वासिंटनमा अरू धेरै मेमोरियलहरू (स्मारक) छन् ।

वासिंटन डीसीको प्रमुख आकर्षण आर्लिङ्टन नेसनल सिमेट्री अर्थात चिहान क्षेत्र हो । यहाँ ४ लाख अमेरिकी सैनिकलाई समाधिस्थ गरिएको छ । चिहान ४७२ वटा फुटबल मैदानको आकारबराबरको क्षेत्रफलमा फैलिएको छ ।

वासिंटन डीसीको अर्को प्रमुख आकर्षणको थलो बोटानिक गार्डेन हो । सन् १८२० मा बनेको यस गार्डेनलाई नर्थ अमेरिकाको एक पुरानो गार्डेनका रूपमा लिइन्छ । ‘जीवित प्लान्ट म्युजियम’ का रूपमा रहेको बोटानिक गार्डेनमा पृथ्वीमा रहेका महत्त्वपूर्ण रूख–बिरुवाहरू देख्न सकिन्छ । यसको महत्त्व फैलिएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न र अध्ययन गर्न आउने गरेका छन् । कोटयार्ड प्लान्ट गार्डेन र गार्डेन रुम यसको विशेषता हो । बोटानिक गार्डेनमा आकर्षक किसिमले सिसाले बारेका विभिन्न बिरुवा तथा फलफूलका बगैंचाका साथै चिल्ड्रेन गार्डेन र नेसनल गार्डेन, सेक्रेट गार्डेनलगायत छन् ।

वासिंटन सहर म्युजियमहरूका लागि विश्वमै अनुपम मानिन्छ । म्युजियममा कला, इतिहास, संस्कृति, विज्ञान र प्रकृतिका विभिन्न रूपहरू पाउन सकिन्छ । यस सहरको नेसनल ग्यालेरी अफ आर्ट एकदमै प्रसिद्ध छ, जहाँ एक लाख ४० हजार बढी पेन्टिङ्स, ड्रइङ, फोटो र मूर्तिहरू छन् । विश्वको सबैभन्दा ठूलो परिमाणमा प्राकृतिक संकलन छ ।

नेसनल एयर र स्पेस म्युजियम ऐतिहासिक जहाज राखिएको म्युजियम हो । जहाँ राइट दाजुभाइले सन् १९०३ मा उडाएको ऐतिहासिक विमान छ । नेसनल म्युजियम अफ्रिकन तथा अमेरिकन इतिहास र संस्कृतिको संगमस्थल हो ।

अर्कातिर नेसनल अर्काइभ्स म्युजियममा अमेरिकी इतिहासका महत्त्वपूर्ण कागजपत्रहरू राखिएका छन् । अमेरिकी स्वतन्त्रताको घोषणा, संयुक्त राज्य अमेरिकाको संविधान र बिल अफ राइट्सका कागजपत्रहरू यसमा समेटिएका छन् ।

वासिंटन डीसीको अर्को प्रमुख आकर्षण नेसनल मल हो । यस ठाउँमा रहेको फराकिलो सडकसँगै पंक्तिबद्ध रूपमा लहरै रूखहरू रोपिएका छन् । लिंंकन मेमोरियल र यूएस क्यापिटलबाट नेसनल मल दुई माइल दूरीमा छ । दुई माइलसम्म फैलिएको यस मलको अवधारणा सन् १७९१ मा राष्ट्रपति जर्ज वासिंटनले ल्याएका थिए । उनले फ्रेन्च इन्जिनियरसँग देशको राजधानीमा एउटा गतिलो योजना सिर्जना गर्न आग्रह गरेका थिए ।

नेसनल मललाई ‘अमेरिकन फ्रन्ट यार्ड’ पनि भनिन्छ । बर्सेनि २४ लाख मानिसले भ्रमण गर्ने यस म्युजियम परिसरमा पर्यटकले मन पराउने आकर्षक पार्क पनि छन् । जादुमय स्मारकहरू र खुला ठाउँ भएको नेसनल मलमा विभिन्न महोत्सव तथा ¥याली पनि आयोजना गर्ने गरिएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू पनि यही ठाउँमा आयोजना हुने गरेका छन् । स्थानीय बासिन्दाका लागि यो ठाउँ पिकनिक, मर्निङ वाक र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्न पनि सजिलो छ ।

अर्को प्रमुख आकर्षण भनेको आर्लिङ्टन नेसनल सिमेट्री अर्थात चिहान क्षेत्र हो । यस ठाउँमा चार लाख अमेरिकी सैनिकलाई समाधिस्थ गरिएको छ । ४७२ वटा फुटबल मैदानको आकारबराबरको क्षेत्रफलमा फैलिएको चिहान क्षेत्रमा आकर्षक रूखहरूसँगै स्वच्छ–सफा वातावरण छ । चिहान क्षेत्रको बीचमा सवारीसाधन तथा पैदलयात्रीका लागि सडक बनाइएको छ । सन् १८६४ मा बनाइएको उक्त चिहान क्षेत्र आर्लिङ्कन, भर्जिनियाको पोटोम्याक नदी छेउमा छ ।

अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको चिहान पनि यसै ठाउँमा छ । यस क्षेत्रमा पहिलो र दोस्रो विश्वयुद्ध र विशेषगरी भियतनाम र कोरियन युद्धमा मारिएका सैनिकहरूका चिहान छन् ।

अर्को आकर्षण सन् १८८९ मा स्थापना गरिएको स्मिथ सोनियन नेसलन जु हो । यो अमेरिकाको एक मात्र पुरानो चिडियाखाना हो । १८ वटा भाग बनाइएको यस चिडिया खानामा विभिन्न तीन सय प्रजातिका १५ सय जनावर छन् । यहाँ प्रसिद्ध जायन्ट पान्डा, एसियन हात्ती, सुमात्रान जातिका बाघहरूलगायत तीन सय प्रजातिका जनावर छन् ।

वासिंटन डीसीको अर्को प्रसिद्ध हेर्नलायक ठाउँ सरकारी निवास ह्वाइट हाउस हो । जर्ज वासिंटनबाहेक सबै अमेरिकाका राष्ट्रपति यस भवनमा बसेका छन् । राष्ट्रपतिको दरबार र कार्यकारी भवन भनिने ह्वाइट हाउसको नाम सन् १९०२ मा राखिएको हो । यसको निर्माण सन् १७९२ देखि १८०० सम्म भएकोे थियो ।

अर्को वासिंटन डीसीको प्रमुख आकर्षण ह्वाइट हाउस क्षेत्र हो । यो अमेरिकी सरकारको व्यवस्थापकीय अंगका मानिसहरू बस्ने ठाउँका रूपमा पनि चिनिन्छ । यसको उत्तरमा सिनेट र दक्षिणतर्फ हाउस अफ रिप्रेन्जिटिभ छ । यस क्षेत्रमा प्राचीन ग्रिक र रोमन कलात्मक ढाँचामा बनेका भवन छन् । सन् १७७९ देखि वासिंटन डीसीमा राजधानी हुन योग्य विभिन्न संरचनाहरू बनेका थिए ।

विगत दुई सय वर्ष अघिदेखि यस सहरमा आधुनिकीकरणको प्रयास भएको अमेरिकाको इतिहासमा उल्लेख छ । यस भवनभित्र कला तथा इतिहास बोकेको म्युजियम पनि छ । रुटन्डा नामको ठूलो सभाहल यसै क्षेत्रमा छ । यहाँ आर्ट ग्यालरी र राष्ट्रमा योगदान दिएका व्यक्तित्वको मूर्तिहरू भएको हल छ । यस्तै ऐतिहासिक वस्तुको प्रदर्शनी गरिने द क्रिप्ट, ऐतिहासिक रूपमा प्रभाव पार्ने भ्रमणयोग्य ठाउँ, भूमिगत सुरुङ जहाँ लाइब्रेरी अफ कंग्रेस र अरु धेरै चिजहरू छन् ।

वासिंटन डीसीको अर्को महत्त्वपूर्ण ठाउँ जर्ज टाउन हो, जसको स्थापना सन् १७५१ मा भएको थियो । यहाँ संघीय शैलीका कलात्मक वस्तुहरू छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरू जोन एफ केनेडी र थोमस जेफर्सनको निवास पनि यसै ठाउँमा पर्छ । यस्तै जर्ज टाउन युनिभर्सिटी, वल्डेस्ट क्याथोलिक र जेसुट विश्वविद्याय पनि यसै सहरमा पर्छन् ।

यस्तै आइरन कास्ट र रिग्स मेमोरियल लाइब्रेरी यसै सहरमा पर्छन् । यो सहर ऐतिहासिक रूचि राख्ने सौखिनहरूको गन्तव्य मात्र होइन, बाह्य पर्यटकहरूका लागि पनि उत्तिकै महत्त्व बोकेको ठाउँ हो । हिँड्न, दौड्न र घुम्नका लागि धेरै नै आकर्षक ठाउँ हो ।
–विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया