मंगलबार, वैशाख १६, २०८२

के भन्छन् केकीका प्रशंसक ?

नेपालखोज २०७८ कार्तिक ८ गते १३:५३

काठमाडौं । माझिएकी अभिनेत्री केकी अधिकारीको आफ्नै प्रकारको फ्यान फलोइङ छ भने सिनेमा तथा विशेषगरी म्युजिक भिडियोमा उनको राम्रो माग छ । फेसबुकमा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । केकी सामाजिक सन्जालमार्फत आफ्ना प्रशंसकहरुसँग नजिक पनि रहन्छिन् । यस क्रममा केकीले एकदिन पहिले फेसबुकमा आफ्नो एउटा तस्बिर शेयर गर्दै लेखिन् ‘बोलाको तिमीले कल्लाई हो !!’ अब केकीका प्रशंसकहरु के चाहियो ? यसमा लाइक र कमेन्टको वर्षा सुरु भइहाल्यो । २६ हजार लाइक, १३ सय कमेन्ट तथा ६६ शेयर पाइसकेको केकीको यो फेसबुक पोस्टमा आएका प्रतिक्रिया भने निकै रोचक छन् । हेरौं केही चुनिएका प्रतिक्रिया :

नवीन थापा
अब मैले कसलाई बोलाउँछु, किन बोलाउँछु मेरो वास्ता गर्न छोडिदेउ केकु । हाम्रो बाटो अलग भइसक्यो तिमीले यो सत्य बुझ्न र स्विकार्न जरुरी छ ।

सन्दिप ढकाल
पहिले पहिले म एक्लै थिए बोलाउने । अहिले तिम्लाई बोलाउनेहरुको लाइन देखेर नै झ्याउ लाग्छ ।

अनुकुल प्रकाश
तिमीलाई देखेपछि अल्जाइमर बढ्छ । घरमा श्रीमती र छोरी छन् भनेर साथीले सम्झाउँछ र झल्याँस्स हुन्छु ।

संगित थुलुङ राई
बुढेसकालमा कस्ले बोलाएछ हौ ?

सागर बजगाँईं
म ऐना अगाडि थिए । आफैंलाई बोलाको हो । बढी उत्साहित हुन पर्दैन ।

सोहन श्रेष्ठ
तिमीलाई हो ।

मदन रिजाल
अझै सोधिरहनु , सोचिरहनु पर्छ र ?

कोशिस ओझा
घरमा बुहारी कहिले ल्याउने भनेर बा-आमा कराइरहेका छन् , तिमीलाई चाहिँ मतलब नै छैन ।

सन्तुक शंकर
बाँदर धपाको मैले ‼️ बोलाएँ जस्तो मान्यौ पुतली ।

सुरज जोशी
मैले मेरी उनीलाई बोलाको हो । दिदी, तिमी मख्ख नपर ।

राज पाठक
साग राम्रोसँग पखालेर पकाउ है ।

अन्जित भारद्वाज
फुल राम्रो गुलाफको काँडा भएनी,
केटी राम्री केकि, चकचके भएनी ।

आयश शर्मा घिमिरे
तिमीलाई हो नि , तिमLले सुन्यौं कि के हो ?

प्रदिप रोदन
हजुरले सुन्नुभयो र बोलाएको ?

दिपक शर्मा दिपु
मैले जस्लाई बोलाए नि के भो र ??

नवराज इटनी
तिम्लाइ भन्दा अरु कस्लाइ बोलाउन सकुम्ला र केकु ?

रुपक ढकाल
बुढेसकालमा बैँश आ’छ ।

शन्देस एकान्त
तिमीलाई हो प्रिय !
यी दूरीहरु टाढाका भए !
माया गर्ने मनहरु बीच,
यी उमेरहरु बाधा भए ।

मोहन गिरि
बोलाको बेला सुनेर पनि नसुनेजस्तो गरेर गयौ अहिले के नाटक हो कल्लाई भन्दै ?

सुमन सुवेदी
पछाडि भित्तोको प्वालबाट चियाउने को हो हँ ??

शीपी शान्डिल्य
केकु बेबि तिमी हुँदाहुँदै म कस्लाई बोलाउन सक्छु र ?

लक्षु पन्थी
म त तिम्ले बोलाए नि नआउने ।
केय पन्थीको लक्षु पन्थीलाई जवाफ
इस् जान्नस्, जागिर छोडेर जान्छु भन् भाइ ।

अर्जुन आचार्य
कपाल त बर्खाको झार जसरी हलक्कै बढेछ नी !

रुपा पौडेल
तिम्रो भाइ लाई ।

मोहन खडका
जे होस सुनिछिन् खुसि लाग्यो ।

दिपेन्द्र वन
बुढी भई सक्यौ पियारी अझै कति कुर्नु हौ ?

रेनु पौडेल
तिम्लाइ नै हो नि अब त बिहे गर न बुढि हुन लागेउ क्या ।

दिप पौडेल
तिम्लाइ नै होला नि के नबुजे जस्तो नक्कल पारिराखेको नि ।

डम्बर श्रेष्ठ
मैले हो । …ढिला भैसको ।

मदन सिंह रावल
बोलाउनु त हुन्थ्यो तर मेरो क्रस अर्कि छ भो म चुपचाप भए ।

अभिराज खाती
साग राम्रोसँग केलाउ केकु फेरी बेलुका भागमा किरा पर्ला ।

नवीन सापकोटा
बोलाएको त तिमीलाई नै हो माया तर तिमी ले अन्तै हेरेर कुरा बिग्रियो ।

लेख बहादुर जीएम
आज भोलि केकि जि को नि के-के आउँछ पोस्ट पनि । अब मंसिर आउँदै छ त्यसैले हो कि ?

साकेत
अब मैंले जस्लाई बोलाएपनि तिम्लाई बाल भो ?
हाम्रो बाटो अलग भइसक्यो तिमीले सत्य स्विकार्न जरुरी छ यार….।

प्रतिक्रिया